• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

विद्युत महशुल बुझाउनै गाह्रोः विद्युत महशुल छुटको म्याद थप्न सेवाग्राहीको माग

राजविराज, २ फागुन । विद्युत महशुल बुझाउनकालागि म्याद थप गर्न सेवाग्राहीहरुले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रसँग माग गरेका छन् ।
निरन्तरतको बन्द हड्ताल पश्चात प्राधिकरणले बन्द अवधीदेखि हालसम्मको महशुलमा फागुन ५ गतेसम्मकालागि मात्र छुट दिँदैआएका छन् । विद्युत महशुलमा फागनु ५ गतेसम्म मात्र छुट दिने भएपछि विहानैदेखि ग्राहकहरुको भींड लाग्ने गरेको छ । बिहान ८.३० बजेदेखि नै महशुल बुझ्न थालेपछि सर्वसाधारण जनता विहान ६ बजेदेखि नै लाइनमा उभिने गरेका छन्् । प्राधिकरणले काउण्टर नथपेका कारण अत्यधिक भींडका कारण सर्वसाधारण जनतालाई महशुल बुझाउन समस्या हुने गरेको मलेकपुर–२ का जगरनाथ साहले गुनासो गरे ।
उनका अनुसार महिला र पुरुषको दुई ओटा लाइन राखिएको जानकारी दिँदै लामो लाइनका कारण सर्वसाधारण जनताले सास्ती व्यहोर्नुपरेको छ । फागुन ५ गतेसम्मका लागि मात्र प्राधिकरणले छुट दिने भएकोले छुट पाउनकालागि ग्राहकहरुले सास्ती झेल्नुपर्ने बाध्यता रहेकोले कम्तिमा एक साताको म्याद थप्नुपर्ने उनको भनाई छ । उनले भने ‘बिहानै आएका व्यक्ति अबेर रातीसम्म लाइन लागेका हुन्छन् तर महशुल नबुझाईनै फर्किनुपरेको छ, त्यसैले कमसेकम एक साता म्याद थप्नु जरुरी छ ।’ 20160214_123814
यता सर्वसाधारण जनताले सास्ती खेप्न नसकेपछि आइतवार विद्युत महशुल बुझाउने म्याद थप्नकालागि पहल गरिदिन माग गर्दै मातृका यादव, शंकर प्रसाद सिंहलगायतले प्रमुख जिल्ला अधिकारी नारायण भट्ट समक्ष निवेदन दिएका छन् । प्रजिअ भट्टले सर्वसाधारण जनताको मागलाई गम्भीरतापूर्वक लिएको भन्दै पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यता विद्युत प्राधिकरणका प्रमुख रामउदगार साहले बन्द समय अवधी भरीको विद्युत महसुलमा लाग्ने जरिवाना छुट गर्ने व्यवस्था मिलाएकोमा अत्यधिक भींड रहेको स्वीकार गरे । माघ २८ गतेदेखी ७ दिनसम्म बन्द अवधीको ६ महिना विद्युत महसुलमा छुट दिने निर्णय तथा ८ औं दिनदेखी २२ दिनसम्म जरिवाना नलिने व्यवस्था मिलाएको जानकारी दिँदै उनले भने ‘समय थप गर्न ग्राहकहको व्यापक आग्रह छ तर हामीले यहाँबाट गरेर मिल्दैन, ग्राहकहरुको पीरमर्काको विषयमा माथिल्लो निकायमा पहल गर्नेछु ।’
विद्युत प्राधिकरण राजविराज वितरण शाखाले बिहान ८ः३० बजेदेखी बेलुका ५ बजेसम्म महसुल बुझ्ने व्यवस्था मिलाएको छ ।