• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मोर्चाद्वारा मसाल जुलुस प्रदर्शन

राजविराज, २९ माघ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पूर्व निर्धारित कार्यक्रम अनुसार शुक्रवार राजविराजमा मसाल जुलुस प्रदर्शन गरिएको छ ।
स्थानीय शिव मन्दिर प्राङ्गणबाट मधेशी मोर्चा सप्तरीद्वारा निकालिएको मसाल जुलुस नगरको विभिन्न भाग परिक्रमा गरेको थियो । नगर परिक्रमा पश्चात सहीद दशन चौकमा पुगी विरोधसभामा परिणत भएको थियो । उक्त सभामा मोर्चाका संयोजक कपिलदेव यादवलगायतले सम्बोधन गरेका छन् ।