• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजविराज, २९ माघ । सप्तरीको भारदह –१ स्थित कोशी ब्यारेकको चेक प्वाईन्टको टोलीले भारतबाट अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको किराना सामानहरु बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल सुरक्षा बेश भारदह सप्तरीबाट खटिएको गस्ती टोलीले खाने तेल, भुजिया, चियापत्तीलगायतका सामानहरु बरामद गरेको हो । करिब ३ लाख रुपैयाँ मोल पर्ने उक्त सामानहरु नियन्त्रणमा लिई कारबाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध सुनसरीमा बुझाएको सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय राजविराजले जनाएको छ ।
यसैगरी विहीबार सप्तरीको तिलाठी स्थित सशस्त्र र नेपाल प्रहरी र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले करिब तीन लाख रुपैयाँ बराबरको मालसामान बरामद गरेको थियो । करिब सवा सात बजेको समयमा खटिएको टोलीले किराना समान, खेलौना र जुत्ताचप्पललगायतका सामानहरु बरामद गरिएको हो । प्रहरी टोलीले जुत्ता, चप्पल, खाने तेल, खेलौनालगायतका सामानहरु बरामद गरेको भन्सार कार्यालय सप्तरीले जनाएको छ ।
विगत केही दिनयता सशस्त्र प्रहरी र नेपाल प्रहरीले चोरी तस्करी नियन्त्रणमा सक्रियता देखाएका छन् ।