राजविराज, २८ माघ । सप्तरीको तिलाठी स्थित सशस्त्र र नेपाल प्रहरी र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले तीन लाख रुपैयाँ बराबरको मालसामान बरामद गरेको छ ।
करिब सवा सात बजेको समयमा खटिएको टोलीले किराना समान, खेलौना र जुत्ताचप्पललगायतका सामानहरु बरामद गरिएको हो । प्रहरी टोलीले जुत्ता, चप्पल, खाने तेल, खेलौनालगायतका सामानहरु बरामद गरेको भन्सार कार्यालय सप्तरीले जनाएको छ ।
विगत केही दिनयता सशस्त्र प्रहरी र नेपाल प्रहरीले चोरी तस्करी नियन्त्रणमा सक्रियता देखाएका छन् ।