बृजमान तामाङ
बिरेन्द्र बजार, २८ माघ । सप्तरीको कल्याणपुरमा बिहिबार भब्यतापुर्बक २८५२ औं (टे) सोनाम ल्होछार मनाईएको छ ।
नेपाल तामाङ घेदुङ कल्याणपुरको आयोजनामा एक समारोहकाबीच भव्यताकासाथ ल्होछार मनाईएको हो । नेपाल तामाङ घेदुङ कल्याणपुरका अध्यक्ष सन्तमान गोलेको अध्यक्षता तथा नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य खड्ग बहादुर योञ्जन तामाङको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा नेपाल आदिबासी जनजाती पत्रकार महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, ईलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी नायब निरिक्षक शंकर खतिबडा, संघिय समाजबादी फोरम नेपाल क्षेत्र नम्वर–५का अध्यक्ष एयुब राइन, एकिकृत माओबादी क्षेत्र नम्वर ५ का क्षेत्रिय अध्यक्ष शिब नारायण चौधरी, ट्रयाक्टर युनियन संघ सप्तरीका अध्यक्ष महिनारायण चौधरी लगायतका बक्ताहरुले मन्तब्य ब्यक्त गर्दै सबै जाती समुदायको साँस्कृतिक चाडपर्वलाई राष्टले सम्मान व्यवहार गर्नुपर्नेमा जोड दिए । 
यसैगरी कार्यक्रममा नेपाल तामाङ साँस्कृति घेदुङ सप्तरीका अध्यक्ष टिक बहादुर लो तामाङ, नेपाली काँग्रेस कल्याणपुरका कोषाध्यक्ष कमल नारायण चौधरी, एमालेका अध्यक्ष राजेन्द्र चौधरी, नेवा संघ सप्तरीका सदस्य कृष्ण कुमार श्रेष्ठ, अबकाश प्राप्त प्रहरी सहायक निरिक्षक अरबिन्द बलाम्पकी मगर समेतकाले शुभकामाना मन्तब्य ब्यक्त गरे । नेपाल तामाङ घेदुङ सप्तरीका सचिव सुर्यमान तामाङद्धारा सञ्चालित कार्यक्रममा स्वागत नेपाल तामाङ घेदुङ कल्याणपुरका सचिब नृपलाल तामाङले गरे । कार्यक्रममा नेपाल तामाङ साँस्कृतिक घेदुङ सप्तरीका कलाकारहरुले गीत तथा नृत्य समेत प्रस्तुत गरे।