• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राम नारायण पंडित, सिरहा, २७ माघ । ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाको कमाण्डमा खटिएको प्रहरीको गस्ती टोलीले अबैध काठ बरामद गरेको छ ।
पुर्व–पश्चिम लोकमार्ग भई ट्रयाक्टरमा अवैध रुपमा ल्याउँदै गरेको अबैध काठ गोलबजार नगरपालिका–४ बाट मङ्गलबार बरामद गरेको हो । बिष्णुपरकट्टी–७ का ४२ बर्षिय भूपनारायण मण्डलले अन टेष्ट ट्याक्टरमा अवैध रुपमा मसला जातको १२ थान गोलिया काठ ल्याउँदै गरेको अबस्थामा पक्राउ गरिएको छ । पक्राउ गरिएको  काठसहितको ट्रयाक्टर तथा चालक मण्डललाई ईलाका वन कार्यालय गोलबजारमा बुझाईएको छ ।