• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
२८५२ औं सोनाम ल्होछार प्रारम्भ

बृजमान तामाङ, बिरेन्द्र बजार । २६ माघ, तामाङ समुदायको माहान चार्ड २८५२ औं सोनाम (टे) ल्होछार मङ्गलवारदेखि प्रारम्भ भएको छ ।
तामाङ समुदायले बिभिन्न कार्यक्रम गरी १५ दिन सम्म मनाउने सोनाम ल्होछार मंलबार देखी प्रारम्भ भएको हो । पाँचदिन सम्म आफूभन्दा ठूलाबडा मान्यकजनको हातबाट टिका ग्रहण गरी आशिर्बाद थाप्ने परम्परा रहेकोले तामाङ बस्तीहरुमा आफन्तहरु आउने जानेको चहलपहल बढेको छ । ल्होछारमा छरछिमेक, ईष्टमित्र, पाहुनाहरुलाई बोलाई मिठो परिकार बनाएर खाने, खुवाउनुको साथै एकआपसमा शुभकामाना आदानप्रदान गर्ने प्रचलन समेत रहेको छ ।
माघशुक्ल प्रतिपदाको दिनदेखि प्रारम्भ हुने तामाङ समुदायको सोनाम ल्होछार पाँचदिन सम्म ठूलाबडाको हातबाट टिका थाप्ने, गुम्बा लगाएत सार्बाजानिक स्थलहरुमा पुजाआज गरी शान्तिको झण्डा गड्ने, बिभिन्न महोत्सब, सभा सम्मेलनहरुको आयोजना गरी १५ दिन सम्म मान्ने परम्परा रहेको नेपाल तामाङ घेदुङ सप्तरीले जनाएको छ ।