• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
तीन मोटरसाइकलसहित अवैध सामान बरामद

राजविराज, २६ माघ । भन्सार छलेर भारतबाट ल्याइँदै गरेको माल–सामानसहित दुईओटा मोटरसाइकल सप्तरी प्रहरीले बरामद गरेको छ ।
मोटरसाईकलमा लोडगरी अबैध किराना समानहरु नेपालतर्फ भित्रिईरहेकोे भनी सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले अवैध सामानहरु मङ्गलवार बरामद गरेको हो । स २ प ७६१३ नम्वरको नेपाली र द्यच्घद्दीघद्दद्दट नम्वरको भारतीय मोटरसाइकलमा लोड गरि भित्र्याईएका मालसामानहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीले खाने तेल ५ लिटरको ९ ग्यालेन, खाने तेल १ लिटरको ४६ बोतल, नरिवलको तेल ५६ पिस, चनाको दाल ३ सय ३० केजी, फरच्युन तेल १५ लिटरको १ ग्यालेन र दुई थान मोटरसाइलकल समेत गरी २ लाख ६० हजार रुपैयाँ बराबरको मालसामान बरामद गरिएको प्रहरीले जनाएको छ ।IMG_1640
यसैगरी भारतबाट भन्सार चोरी पैठारी गरी नेपालतर्फ पेट्रोल भित्रिँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित पेट्रोल बरामद गरेको छ । राजविराज नगपालिका वडा नम्वर–३ स्थित द्यच्घद्दपछडद्धद्ध नम्वरको मोटरसाइकलमा चेकजांच गर्दा उक्त मोटरसाईकलमा भन्सार चोरी पैठारी गरी ल्याएका ९० लिटर पेट्रोल फेला परेकोमा पेट्रोलसहित बरामद गरिएको मोटरसाइकल  आवश्यक कार्बाहीकोलागि राजविराज भन्सार कार्यालय तिलाठी पठाईएको प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए ।