राजविराज, २५ माघ । आफ्ना कार्यकर्तालाई प्रहरीले झुटो मुद्दा लगाएर फसाउँन खोजेको भन्दै मधेशी मोर्चा सप्तरीले प्रदर्शन गर्दै सोमबार जिल्ला अदालत राजविराज गेटमा धर्ना बसेका छन् ।
गत पुस २० गते जिल्लाको झुटकी गाविसस्थित प्रहरी चौकीका इञ्चार्ज असई रमेश सुब्बालाई गोली हानी हत्या भएको घटनामा संलग्नता रहेको भन्दै सप्तरी प्रहरीले सोही गाविसका अशोक यादवलाई पक्राउ हिरासतमा लिएको भन्दै मोर्चाले सोमबार प्रदर्शन गर्दै धर्ना बसेका हुन् । विभिन्न घटनाको अनुसन्धान गर्ने नाममा आफ्ना सक्रिय कार्यकर्ताहरुलाई पक्राउ गरी प्रहरीले झुठो मुद्दा लगाएको भन्दै मुद्दा खारेजीको माग गरेका छन् ।
प्रहरीले वास्तविक दोषीलाई पक्राउ गर्न नसकेको अवस्थामा आन्दोलनमा लागेका आफ्ना कार्यकर्ताहरुलाई पक्राउ गरी झुटा मुद्दा लगाएको मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादवले बताए ।