• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

आन्दोलनबाटै शासकवर्गलाई घुँडा टेकाउने छौंः नेता साह

आन्दोलनबाटै शासकवर्गलाई घुँडा टेकाउने छौंः नेता साह

गजेन्द्रनारायण सिंह नक आउट फूटबल टुर्नामेन्टको उपाधी राजदेवी टिमलाई
राजविराज, २३ माघ । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य एवम् सलहेश क्षेत्र ईञ्चार्ज शैलेन्द्र प्रसाद साहले मधेशको माग सम्बोधन नभएसम्म अधिकारप्रतिको शान्तिपूर्ण संघर्ष जारी रहने बताएका छन् ।
सप्तरीको को. मधेपुरा गाविस स्थित पर्साहीमा शनिवार आयोजित स्व. गजेन्द्रनारायण सिंह नक आउट फूटबल टुर्नामेन्ट कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । मधेशमा जारी आन्दोलनलाई तुहाउनकालागि विभिन्न तत्वहरु सक्रिय रहेको प्रष्ट पार्दै उनले भने ‘अधिकारप्राप्तिको ऐतिहासिक शान्तिपूर्ण संघर्षलाई कमजोर पार्न विभिन्न तत्वहरु सक्रिय रहेकोले त्यस्ता तत्वहरुबाट सचेत रहनु जरुरी छ, मधेशको माग सम्बोधन नभएसम्म यो आन्दोलन जारी रहन्छ ।’
जारी आन्दोलनका क्रममा सहीदहरुको बलिदानीलाई खेर जान नदिने प्रतिवद्धता व्यक्त गर्दै नेता साहले शान्तिपूर्ण आन्दोलनबाटै शासकवर्गलाई घुँडा टेकाउने दावी गरे । वर्तमान सरकार राजा ज्ञानेन्द्रको शासनभन्दा पनि क्रुर रहेको बताउँदै उनले भने ‘ १९ दिनको जनता आन्दोलनले शाही शासनसत्ता ढलेको थियो तर पौने ६ महिनासम्मको निरन्तरको आन्दोलनमा करिब पाँच दर्जनको ज्यान लिँदा पनि वास्ता नगर्नुले सरकारको चरित्र उदाङ्गो भईसकेको छ ।’
जारी मधेश आन्दोलनको विषयमा खसवादी मिडियाहरुले भ्रम छरिरहेको भन्दै फोरमका केन्द्रीय नेता साहले सत्यलाई जति लुकाए पनि आन्दोलनमा भएको प्रहरी दमन र अपनाएको घोर अमानवीय शैलीलाई अन्तर्राष्ट्रिय निकायले नियालिरहेको बताए । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको अब बस्ने बैठकले आन्दोलनको स्वरुपहरु तय गर्दै थप सशक्त आन्दोलन अगाडि बढाउने समेत उनले जानकारी दिए । 12696845_895171183915430_116940598_o
माँ भगवती युवा सेवा समिति को. मधेपुरा पर्साहीद्वारा आयोजित स्व. गजेन्द्रनारायण सिंह नक आउट फूटबल टुर्नामेन्ट प्रतियोगिताको फाइनल खेलमा राजदेवी फूटबल टिमले उपाधीमाथि कब्जा जमाउन सफल भएको छ । विजेता राजदेवी टिमले ५ गोल गरेका थिए । यस्तै मिलन डेरी उद्योग टिमले १ गोल गर्दै उप–विजेता घोषित भए ।
कार्यक्रममा प्रमुख अतिथि फोरमका केन्द्रीय नेता साहले विजेता राजदेवी टिमलाई कपसहित नगद १० हजार रुपैयाँ तथा उप–विजेता मिलन डेरी टिमलाई कपसहित नगद ५ हजार रुपैयाँ प्रदान गरे । गाविसका पूर्व अध्यक्ष शोभालाल मण्डलको अध्यक्षमा आयोजित टुर्नामेन्टको समापन समारोहमा सदभावना पार्टीका केन्द्रीय सदस्य अमरनाथ मण्डल, गाविस सचिव सत्यनारायण ठाकुर, उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यनारायण साह, समाजसेवी नथुनी मण्डल, रबिन्द्र मण्डल, खेलकुद विकास समितिका राजकुमार परियारलगायतले मन्तव्य व्यक्त गरे । प्रतियोगितामा आठ ओटा टिमको सहभागिता रहेको थियो ।