• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

मधेशी वीर शहीद स्मृति कपको उपाधिमाथि बरही बीरपुरको कब्जा

राजविराज, १३ माघ । मधेशी वीर शहीद स्मृति कपको विजेता तथा उपविजेता टिमलाई बुधबार एक एक कार्यक्रमका बीच कप, शिल्ड तथा प्रमाणपत्र वितरण गरियो ।

मधेश आन्दोलनमा सहादत प्राप्त गरेका शहीदहरुको स्मृतिमा सप्तरीको बरही बिरपुरमा यङ्ग ईभेन क्रिकेट क्लव बरही बीरपुरद्वारा आयोजित मधेशी वीर शहीद स्मृति क्रिकेट कप–२०७२ क्रिकेट प्रतियोगिताको विजेता तथा उप–विजेता टिमलाई कप, शिल्ड तथा प्रमाणपत्र वितरण गरिएको हो ।
विजेता टिम बिरपुर–५ लाई प्रमुख अतिथि मधेशी मोर्चा क्षेत्र नम्वर ३ का क्षेत्रिय संयोजक लक्ष्मण यादवले कप सहित ५ हजार नगद समेत प्रदान गरे । यसैगरी उप–विजेता टिम बरहीलाई शिल्ड, प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको छ । सोही अवसरमा बिरेन्द्र झा, कैलाश झा, अञ्जु यादव, केशव चौधरी, विद्यानन्द वेदर्दीसहितका चर्चित कलाकारहरुले मधेश आन्दोलन सम्बन्धि गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
क्लवका अध्यक्ष प्रमोद कुमार यादवको अध्यक्षता तथा मधेशी मोर्चा क्षेत्र न. ३ का क्षेत्रिय संयोजक एवम् सदभावना पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादवको प्रमुख आतिथ्य तथा युवा विद्यार्थी मोर्चाका पूर्व संयोजक एवं विद्यार्थी मञ्चका केन्द्रीय सदस्य शम्भु कुमार यादव, युवा विद्यार्थी मोर्चाका संयोजक तारकेश्वर प्रसाद यादवको विशिष्ट आतिथ्यमा आयोजित कार्यक्रममा महिला मञ्चकी केन्द्रीय महासचिव पुनम यादव, विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव, संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय सदस्य रिता शर्मा यादव, महिला नेतृद्वय रमिला साह, उपमा देव, मिरा देवी यादव, पत्रकारद्वय मनोज कुमार माझी, शुभ नारायण यादवलगायतले खेलाडिहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् ।