राजबिराज, ९ माघ । सुनसरीलाई ३६ रनले पराजित गर्दै युथ एकेडेमी राजविराजले पहिलो फ्रेन्ड्स कप टि २० क्रिकेट प्रतियोगिताको उपाधी आयोजक युथ क्रिकेट एकेडेमी राजविराजले हात पारेको छ ।
प्रतियोगिताको फाइनलमा सुनसरी टिमलाई ३६ रनले पराजित गर्दै उपाधी हात पारेको हो । टस जितेर ब्याटिड्ड गरेको युथ एकेडेमीले २० ओभरमा ८ विकेट गुमाई १५९ रन बनाएको थियो । जसमा जुगलकिशोर चौधरीले १९ बलमा ४८, अभिनाश कर्णले ३१, जय चौधरीले १७ बलमा ३२ र फिर्दोश अन्सारीले २० रनको योगदान दिएका थिए ।
सुनसरीकालागि सरोज बस्नेतले ३, नासिर हुसैनले २ तथा सुशन सुवेदी र सक्षम कार्कीले १÷१ विकेट लिएका थिए । जवाफमा सुनसरी टिम २० ओभरमा ७ विकेट गुमाई १२३ रन मात्र बनाउन सक्यो । जसमा विप्लव घोषले ४०, शिव यादवले २८ र अफजल हुसैनले १७ रन बनाए पनि आफ्नो टिमलाई जिताउन सकेनन् ।
युथ एकेडेमीकालागि युगल किशोर चौधरीले ३, महबुब आलमले २ तथा अनिल यादवले १ विकेट लिएका थिए । उक्त खेलमा अलराउण्ड प्रदर्शन गरेका युथ एकेडेमीका जुगलकिशोर चौधरीलाई म्यान अफ द म्याच घोषित गरियो । प्रतियोगितामा युथ एकेडेमीका अभिनाश कर्णलाई म्यान अफ द सिरीज, सुनसरीका अफजल हुसेन वेस्ट ब्याट्सम्यान र सुशन सुवेदी को पुरस्कार दिइयो ।
समापनको अवसरमा नेपाल क्रिकेट संघका उपाध्यक्ष शैलेश कुमार चौधरी, अरमान कम्पनीका अफरोज आलम, पूर्व क्रिकेटर सुरेन्द्र नाथ सिंह, आयोजक युथ एकेडेमीका विरेन्द्र यादवसहितकाले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
सप्तरी क्रिकेट संघको समन्वयमा युथ एकेडेमी र युनाईटेड क्रिकेट क्लबले आयोजना गरेको सो प्रतियोगितामा आठ वटा क्लबको सहभागिता रहेको थियो ।