राकेश साह
वीरगञ्ज, ९ माघ । नुनिया समाज बिकास परिषद नेपाल पर्साको प्रथम जिल्ला अधिवेशन गाबिस डकैला बहुअरीमा सम्पन्न भएको छ ।
समाजका अगुवा बिन्ध्यांचल महतो नुनियको सभापतित्व तथा समाजका केन्द्रीय अध्यक्ष भिम नारायण महतोको प्रमुख आतिथ्य तथा, केन्द्रीय कोषाध्यक्ष रामकृष्ण महताको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संजय चौधरी, राबडी देवी ,हरीकिसोर महतो, रामअयोध्या महतो, वृजेश्वर प्र. चौधरी ,शिवनाथ महतोलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले नेपालमा नुनिया समुदायको मानिसहरुको अवस्था राम्रो नभएकोले समाजको बिकासका लागि नुनियमा समाजमा बिद्यामन कुरीतीहरु हटाउनुपर्नेमा जोड दिएका छन् । नेपालमा आफनो समाजको पहिचान स्थापित गराउन समाजका अगुवाहरुलाई राजनितीक लगायत हरेक क्षेत्रमा आफनो सहभागितामा बृद्धिसँगै जिम्मेवारी वहन गर्न अग्रहर हुन आग्रह गरेका थिए । वक्ताहरुले नुनिया समाजमा बिकृतीको रुपमा रहेको दाईजो प्रथालाई निर्मुल पार्नुपर्नेमा जोड दिए ।
जाँडरक्सीमा हुने खर्च छोरा छोरीको पढाउनमा खर्च गर्न समेत वक्ताहरुले जोड दिएका थिए । नुनिया समाजका व्यक्तिहरु राजनितीक,समाजिक ,शैक्षिक ,साँस्कृतिक र आर्थिक रुपले सवल भए मात्र नुनिय समाजको पहिचान पुरा बिश्वमा स्थापित गर्न सकिने बताए । कार्यक्रमको सहजीकरण शिवनाथ महतोले गरेका थिए ।
यसैगरी डकैला बहुरीमा शनिवारै सम्पन्न बन्द शत्रले वृजेश्वर प्रसाद. चौधरीको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कार्य समिती गठन गरेको छ । नव गठित समितीको उपाध्यक्षमा मैनादेवी महतो, सचिवमा जयनारायण प्र. नुनिया, सहसचिव मुनीलाल महतो, कोषाध्यक्षमा रामाशिष महतो, सदस्यहरु काशीनाथ चौधरी,बसन्ती देवी, राजबंसी महतो ,सुखी महतो लगायत रहेका नव नियुुक्त अध्यक्ष चौधरीले बताए ।