• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

चिसोबाट जोगिन दलित परिवारलाई कम्बल वितरण

चिसोबाट जोगिन दलित परिवारलाई कम्बल वितरण

राजविराज, ९ माघ । सप्तरीको राजविराज नगरपालिका–७ स्थित पुर्णी पोखरी टोलका दलित परिवारलाई चिसोबाट जोगिन ६० परिवारलाई शनिबार एक कार्यक्रमका बीच कम्बल वितरण गरिएको छ ।
हेल्प नेपाल नेटवर्क काठमाण्डौको सहयोग तथा धर्मी हल्फा महिला विकास क्लव लालापटी २ को आयोजनामा एक कार्यक्रमका बीच सामुदायिक प्रहरी सेवा केन्द्र राजविराजको सभाहलमा ६० जना दलित परिवारलाई रंगिन कम्बल वितरण गरिएको हो । केन्द्रका अध्यक्ष कुमार पाठकको अध्यक्षतामा आयोजित कार्यक्रममा धर्मी हल्फा महिला विकास क्लवका अध्यक्ष एवं समाजसेवी ई.सूर्यनारायण यादव, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, पत्रकारद्वय शुभ नारायण यादव, दिनेश शर्मासहितको उपस्थितिमा न्यानो कम्बल वितरण गरिएको छ ।
यसैगरी क्लवले सप्तरीको सदरमुकाम राजविराजस्थित भगवति मन्दिर, कृष्ण मन्दिर, लक्ष्मी नारायण मन्दिर, विष्णुकाली मन्दिर, राधाकृष्ण मन्दिर मलेठ सहितका मन्दिरका पुजारीहरुलाई समेत एक एक थान ब्यालेंकेट प्रदान गरिएको क्लवका अध्यक्ष ई.सुर्य नारायण यादवले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको मलेठ गाविस ७ कृष्णानगर, रायपुर, राजविराज नगरपालिका ७ र लालापटी सहितका गाविसमा चिसोबाट जोगिन दलित परिवाराई करिब पाँच सय थान रंगिन कम्बल वितरण गर्ने लक्ष्य रहेको अध्यक्ष यादवले जानकारी दिए ।