• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

नेता महतोले आन्दोलनका घाइतेहरुसँग भेटे(फोटो फिचरसमेत)

नेता महतोले आन्दोलनका घाइतेहरुसँग भेटे(फोटो फिचरसमेत)

राजविराज, ८ माघ । मोरङ्गको रङ्गेली र डायनियामा प्रहरीको गोली प्रहारबाट घाइते भएकाहरुको अवस्थाबारे सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी लिएका छन् ।
उनले धरान स्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेर शुक्रवार घाइतेहरुको अवस्थाबारे जानकारी लिएका हुन् । अस्पतालमा उपचार गराइरहेकाहरुसँग भेंटघाट गर्दै अस्पतालका चिकित्सकहरुसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
अस्पतालका डा. रामज्ञान यादवले दिएको जानकारी अनुसार घाइतेहरुमध्ये बुलेटको गोली लागेका १८ वर्षिय बिक्रम सहनी, पेटमा गोली लागेका ४० वर्षिय जगरनाथ साह, छातीमा गोली लागेका ३५ वर्षिय सत्यनारायण साह र बायाँ पाखुरामा गोली लागेकाहरु ३० वर्षिय मुना मण्डल, २८ वर्षिय सुबोध मण्डलको अवस्था गम्भीर रहेको छ ।
यसैगरी टाउकोमा लाठी र खुकुरीको चोट लागेका ३१ वर्षिय सन्तोष मेहता र टाउँकोमा गम्भीर चोट लागेका ५२ वर्षिय दिलिप धाडेवाको अवस्था सामान्य रहेको डा. यादवले बताए । घाइतेहरुको रेखदेख वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुको ‘कोशिष’ टिमको विशेष निगरानीमा अस्पतालबाट निःशुल्क उपचारसहित खानाको व्यवस्था गरिएको उनले जानकारी दिए । अन्य घाइतेहरुको बिराटनगर स्थित गोल्डेनसहितका अस्पतालहरुमा उपचार भइरहेको छ । 1 (1)

1 (4)

1 (3)

1 (2)