• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

पूर्व निर्धारित कार्यक्रम स्थगन गर्दै नेता महतो मोरङ्ग प्रस्थान

पूर्व निर्धारित कार्यक्रम स्थगन गर्दै नेता महतो मोरङ्ग प्रस्थान

राजविराज, ८ माघ । सप्तरीको हनुमाननगरमा रहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आफ्ना सम्पूर्ण पूर्व निर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी शुक्रवार मोरङ्गतर्फ प्रस्थान गरेका छन् ।
विहीवार सिरहाको लहान हुँदै सप्तरी आएका उनी राजविराजमा आयोजित कार्यकर्ता भेंटघाट तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका थिए । साँझ नेता महतो सप्तरीको हनुमाननगरमा पार्टीका उपाध्यक्ष नवलकिशोर साहको घरमा बिश्राम गर्न बसेका थिए ।
मोरङ्गको रङ्गेली र डायनियामा प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृृत्यू तथा करिब दुई दर्जन घाइते भएपछि त्यहाँको अवस्था तनावग्रस्त बन्न पुगेको छ । घटनाको स्थल अवलोकन, सहीद परिवारसँग भेटघाट तथा घाइतेहरुको अवस्था बुझ्न अध्यक्ष महतोले सप्तरीको विभिन्न स्थानहरुमा पूर्व निर्धारित कार्यक्रमलाई स्थगन गर्दै मोरङ्ग प्रस्थान गरेको उनको निजी सचिवालयले जनाएको छ । जिल्लाको मलेकपुर गाविस–८ स्थित मुसहर्नियामा आयोजित कार्यक्रमलाई नेता महतोले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।
प्रहरीको गोली लागेर रंगेली नगरपालिका–४ का ६० वर्षिय द्रोपती देवी चौधरी, डाइनिया–९ का २५ वर्षिय शिबु माझी र बरडंगा–२ का महादेव ऋषिदेवको मृत्यू भएको थियो । उक्त घटनामा रंगेली– ९ का ५० वर्षिय सत्य नारायण साह सोही ठाउँका ३५ वर्षिय जगरनाथ साह, वरड्गा गाविसका महादेव ऋषिदेव, रंगेली नगरपालिका–४ का सुबोध मण्डललगायतका व्यक्तिहरु घाइते भएका छन् ।
यता मोरङ्ग घटनाको विरोधमा विराटनगरमा विशाल शक्ति प्रदर्शन गर्ने तयारी भईरहेको छ । प्रहरीको गोलीबाट मारिएकाहरुलाई शहीद घोषणा नगरेसम्म अन्तिम संस्कार नगर्ने निर्णय मोरङ्ग मोर्चाले गरेको छ ।