राजविराज, ७ माघ । आठौं यशोदा भलिबल रनिङ्ग ट्रफीसहित विभिन्न प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई विहीबार पुरस्कार वितरण गरियो ।
भलिबल रनिङ्ग ट्रफी प्रतियोगिताको विजेता समूहका क्याप्टेन रबिशंकर सिंहको समूहलाई नगद एक हजार पाँच सय र उपविजेता समूहका क्याप्टेन निश्चल मण्डलको टिमलाई एक हजार नगदसहित मेडल र प्रमाणपत्र वितरण गरिएको छ । छात्रातर्फ निधि सिंह क्याप्टेन रहेको बुल्लु समूहले नगद एक हजार र उपविजेता खुश्बु मण्डल क्याप्टेन रहेको रेड समूहले ७ सय ५० रुपैयाँ प्रदान गरिएको छ ।
एथलेटिक्सतर्फ २ सय मिटर दौड, सय मिटर दौड तथा हाइजम्प, लङ्गजम्प, ज्याभलिङ्ग थ्रो, सटपु तथा अन्य खेलका पुरस्कार पनि सोही दिन वितरण गरिएको विद्यालयका शिक्षक सुनिल कुमार चौधरीले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाण्डली देवको अध्यक्षतामा आयोजित समारोह अभिभावक वैद्यनाथ यादवको प्रमुख आतिथ्यमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा विद्यालयका कार्यवाहक प्रधानाध्यापक जयप्रकाश चौधरी र लेखापाल सन्तोष कुमार देवले समेत संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।