राजविराज, ६ माघ । फोकस नेपालद्वारा आयोजित एक कार्यक्रममा २१ जना विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुलाई सम्मान गरेको छ ।
‘समृद्धिका लागि सहकार्य, राष्ट्रको निमित अपरिहार्य’ बिचार गोष्ठि कार्यक्रममा सम्मान गरिएको हो । महिला तथा बालबालिका समाज कल्याण उप–प्रधानमन्त्री चन्द्र प्रकाश मैनालीले २१ जना श्रष्टाहरुलाई सम्मान गरेका हुन् । कार्यक्रममा डा. लोक बिक्रम थापा, छिन्नमस्ता एजुकेशनल एकेडेमीका अध्यक्ष शैलेन्द्रमोहन झालगायतका श्रष्टालाई सम्मान गरिएको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, रिपोटर्स क्लवका अध्यक्ष ऋषि धमलालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्षता फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले गरेका थिए ।