• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सदभावना अध्यक्ष महतो पुनः बिरामी

लहान, ६ माघ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पुनः बिरामी परेका छन् ।
बुधबार सिरहाको लहानमा पार्टी कार्यकर्तासँग छलफल गरिरहेकै अवस्थामा उनी अचानक बेहोस भएका हुन् । उनलाई उच्च रक्तचाप बढेपछि बिरामी परेको जनाइएको छ ।
मङ्गलबार लहानमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । विराटनगरको जोगबनी नाकामा प्रहरीको कुटाइबाट घाइते भएपछि महतो उपचारका लागि करिब दुई साता भारतको नयाँ दिल्लीमा बसेका थिए । उनले भारतको मेदान्त अस्पतालमा उपचार गराएका थिए । अध्यक्ष महतोको सुगर र उच्च रक्तचाप बढेर विरामी परेको पार्टीका सहमहासचिव राजु गुप्ताले जानकारी दिएका छन् । उनी लहान स्थित एक होटेलमा आराम गरिरहेका छन् ।