• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मोर्चाको विरोधले रङ्गेली बजार बन्द

मोरङ्ग, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओली मोरङ्गको रंगेली आउने भएपछि आन्दोलनरत संयुतm लोकतान्त्रिक मधेसी मोर्चाले विरोध स्वरुप बुधवार रङ्गेली बजार बन्द गराएको छ ।
संविधानबारे तराई मधेश संवाद तथा जागरण अभियान थालेको युवा संघ नेपालले मोरङ्गको पुरानो सदरमुकाम रंगेलीमा बृहत आमसभाको तयारी गरेपछि मोर्चाले त्यसको विरोध गर्दै रङ्गेली बजार बन्द गराएको हो । मोर्चाका कार्यकर्ताहरुले बजारको चोक र बसपार्कमा टायर बालेर विरोध जनाए ।
मोर्चाका कार्यकर्ताले नालामा लगाईएका सल्याबहरु निकालेर सडक समेत अवरुद्ध पारे । मोर्चाको बन्दका कारण रंगेली–विराटनगर सडकखण्डमा सार्वजनिक यातायातका सवारी साधन सञ्चालनमा आएनन् भने रंगेली क्षेत्रमा मोटरसाइकल सञ्चालनमा समेत अवरोध पु¥याईको छ । प्रधानमन्त्री ओलीले विहीबार रंगेलीस्थित नेपाल बैंकको खुल्ला मैदानमा आयोजित आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।
यसैबीच साँझ रंगेली बजारमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप भएको छ । झडपमा मोर्चाका रंगेली सहसंयोजक पन्नालाल मण्डल, विशेश्वर मण्डल, बटेश्वर मण्डल र निरज मण्डल घाइते भएका छन् ।
यता प्रहरीकातर्फ पनि चार जना घाइते भएका हाम्रा रंगेली सम्वाददाता दीलिप अग्रवालले जनाएका छन् । घाइते हुनेमा प्रहरी निरीक्षक अभिचन्द्र रिजाल, सशस्त्रका सई बुद्धिकुमार राई लगायत छन् । यता मोर्चा कार्यकर्ताले आजैसाँझ एमाले रंगेली नगर अध्यक्ष मनोज अग्रवालको घरमा ढुंगामुढा गरेका छन् । ढुंगामुढाबाट अग्रवालका घरका झ्यालका शिशा फुटेको छ ।