वीरगञ्ज, ५ माघ । संघीय समावेशी मधेसी युवा गठबन्धन पर्साद्धारा मङ्गलवार ९औ बलिदानी दिवस बीरगञ्जको माईस्थान पार्कमा मनाईएको छ ।
प्रथम मधेस आन्दोलनका बीर शहिद एवं जारी मधेस आन्दोलन शहीदहरुको सम्मानमा दीप प्रज्वलन गरि बलिदानी दिवस मनाईएको थियो । युवा गठबन्धन पर्साका संयोजक ईश्वर यादवको सभापतित्वमा सम्पन्न सभामा नेपाल सद्भावना पार्टीका महासचिव शिव पटेलले उधारो सम्झौता मधेसी जनतालाई मान्य नहुने बताउदै मधेसको माँग पुरा गराउनु नै शहीदहरुप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।
सभामा फोरम गणतान्त्रिकका महासचिव कदम रसुल, युवा गठबन्धनका नेताहरु अनिल गुप्ता, रोशन कुमार, प्रवेश सर्राफ, फिरोज बादशाह, कृष्ण प्रसाद कुर्मी, उमेश रौनियार, तमलोपा पर्साका महिला नेतृ रेखा साह, युवा गठबन्धनका सल्लाहकार ओम प्रकाश सर्राफ लगायतकाले सभालाई सम्बोधन गर्दै मधेसको सम्पूर्ण माँगहरु पुरा नभएसम्म युवाहरु लडिरहने बताउँदै वीर शहीदहरुले दिएको कुर्बानी खेर नजाने वक्ताहरुले जोड दिएका थिए ।
बलिदानी सभालाई रामसपा पर्साका सचिव एवम् युवा गठबन्धन नेता धर्मेन्द्र पटेलले सहजिकरण गरेको सभामा नन्दु यादव, अमित पटेल, विष्णु पटेल, अशरफ मन्सुरी, सन्दीप चौरसिया, भागिरथ साह, नितेश गुप्ता, हुसैन समानी, दिपु साह, मिताराम पटेल, स्वतन्त्र नागरिक समाजका केन्द्रीय संयोजक सरोज कर्ण, सद्भावना पार्टीका पर्सा जिल्ला सदस्य अनिरुद्ध कलवारलगायतको सहभागिता रहेको थियो ।