राजविराज, ५ माघ । थारू कल्याणकारिणी सभा, सप्तरी र शम्भुनाथ नगपालिका नगर कमिटी, बसवलपुर–बजरहटको आयोजनामा साप्ताहिक माघी महोत्सव–२०७२ तथा विरोधसभाको आयोजना गरियो ।
थारू कलयाणकारिणी सभाका पुर्व केन्द्रीय सङ्गठन प्रमुख खड्ग नारायण चौधरीले थरूहट आन्दोलनमा महिलाको ठूलो भुमिका रहेकोभन्दै आजैदेखि आन्दोलनलाई सशक्त बनाउनुपर्नेमा जोड दिए । सदियौंदेखि थारूहरू बस्तुको रूपमा प्रयोग हुँदै आएकोमा अब सचेत भईसकेका भन्दै थप सजग हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा थाकस केन्द्रीय सदस्य उचित ना चौधरी, नगर महिला सभा शम्भुनाथ नगरपालिकाका नगर सभापति ववी देवी चौधरी, सभाका पुर्व सभापति मुक्तिनाथ चौधरी, पूर्व सभापति उपेन्द्र नारायण चौधरी, आदिवासी जनजाति महासंघका पुर्वाञ्चल सदस्य रघुकुमार सिंह, महिला सभाकी केन्द्रीय सचिव अम्विका चौधरी, आदीवासी जनजाति महासंघ सप्तरी पुर्व अध्यक्ष महेन्द्र प्रसाद चौधरी, सिरहाका पुर्व अध्यक्ष राजेन्द्र प्रसाद चौधरी, आदिवासी जनजाती महासंघका अध्यक्ष याम बहादुर खपाङ्गी मगरलगायतले सम्बोधन गरे ।
थरूहटरथारूवान संयुक्त संघर्ष समितिका प्रवक्ता राज थारूद्वारा सञ्चालित उक्त कार्यक्रममा थारु संस्कृति झल्किने साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।