• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सिरहा, ५ माघ । नेकपा एमालेका सगरमाथा अञ्चल कमिटी पूूर्व सदस्य तथा यूूवा नेता सत्यनारायण यादवले मङ्गलबार पार्टी परित्यागको घोषणा गरेका छन् ।
सिरहाको लहानमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन् । कम्यूूनिष्टको सिद्धान्त विर्सेर एमालेका नेताहरुले उत्पीडिनमा परेका वर्गको विपक्षमा उभिएकोले पार्टी परित्याग गरेको उनले बताए ।
करिब अढाई दशकदेखि एमालेमा लागेका उनले आफ्नै विचार र सिद्धान्तलाई विर्सेको नेता यादबले बताए । युवा संघ नेपालका केन्द्रीय उपाध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका उनी पार्टी परित्यागको घोषणा गरिरहँदा उनी भाबुक देखिएका थिए । पार्टी परित्यागको विषयमा लिन तीन–चार दिन दिनदेखि सुत्न नपाएको उनले पत्रकारहरुसमक्ष खुलासा गरे ।