राजबिराज, ५ माघ । राजबिराजको राजदेवी खेल मैदानमा संचालित पहिलो फ्रेन्ड्स कप टि २० क्रिकेट प्रतियोगिता अन्र्तगत आइतवार सम्पन्न खेलमा सुनसरीद्धारा युनाईटेड क्रिकेट क्लब राजबिराज सजिलै ५२ रनले पराजित भएको छ ।
सुनसरीले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ७ बिकेट गुमाई १ सय ४० रनको योगफल तयार पारेका थिए । सुनसरीका लागि अफजल हुसैनले आर्कषक ब्याटिंग गर्दै ६८ बलमा ८ चौक्का र ३ छक्काको मद्धतले ७४ रन तथा बिवेक मेहता र सरोज बस्नेतले क्रमश ः १४ र १० रनको योगदान दिएका थिए । बलिंग तर्फ युनाईटेडका तर्फबाट पुुष्कर झाले ३ तथा कौशल सिंह, चित्र बिष्ट र हेमनारायण मेहताले सामान १ बिकेट लिएका थिए ।
१ सय ४१ रनको लक्ष्य लिई मैदानमा ओर्लेको युनाईटेड १६ ओभर २ बलमा सम्पुर्ण बिकेट गुमाई ८८ रनमा समेटिएको थियो । युनाईटेडका लागि चित्र बिष्टको ४१ बाहेक पुुष्पेन्द्र झा र राहुल मण्डलले क्रमश ः ११ र १३ रनको योगदान दिएका थिए । बलिंग तर्फ सुनसरीका फिरोज आलम र सरोज बस्नेतले सामान ३ तथा शुसन सुवेदीले २ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच सुनसरीका आर्कषक ब्याटिंग गरेका अफजल हुसैन घोषित भएका थिए ।
प्रतियोगिता अन्र्तगत भोली हुने भाईनल खेलमा सुनसरी र युुथ क्रिकेट एकेडेमी राजबिराज भिडने जानकारी आयोजक समितिका संयोजक बिरेन्द्र यादवले जानकारी गराउनु भएको थियो ।