• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

आठौं यशोदा मेमोरियल भलिबल रनिङ्गशिल्ड सञ्चालन

आठौं यशोदा मेमोरियल भलिबल रनिङ्गशिल्ड सञ्चालन

राजविराज, ५ माघ । राजविराज स्थित लिट्ल फ्लावर उच्च माध्यमिक विद्यालयमा ८ औं यशोदा मेमोरियल भलिवल रनिङ्गशिल्ड प्रतियोगिता मङ्गलवारदेखि सञ्चालन भएको छ ।

उच्च माविका कार्यवाहक प्रधानाध्यापक जयप्रकाश चौधरीको अध्यक्षतामा आयोजित प्रतियोगिताको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण मण्डल तथा विशिष्ट अतिथि बरिष्ठ पत्रकार शिबहरी प्रसाद भटराईले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा मण्डलले विद्यालयस्तरबाट नै खेलकुदको विकासलाई अगाडी बढाउन राष्ट्रिय अवधारणा नै रहेकोले विद्यालय स्तरीय खेलकुद प्रतियोगितालाई आफु सक्दो सहयोग गर्ने बताए । राष्ट्रिय खेलकुल नीति अनुसार खेलकुद गतिविधि गर्ने विद्यालयहरुलाई जिल्ला स्तरमा पनि प्रोत्साहन गरी खेलकुद मैदान बनाउन आफुले सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।
उद्घाटन समारोहमा विद्यालयका संस्थापक सदस्य डा. दिवस प्रकाश देव, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष शाण्डली देवी देव, मधेशी पत्रकार संघका अध्यक्ष श्यामसुन्दर यादव, खेलकुद पत्रकार चन्दन कुमार यादव, अभिभावक वैजनाथ यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरे । विद्यालयका पूर्व प्रिन्सिपल नन्दलाल आचार्यद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य लेखा प्रमुख सन्तोष देवले गरे ।