• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

निष्कृयको सदस्यता खारेज तथा सक्रियलाई सदस्यताको माग

निष्कृयको सदस्यता खारेज तथा सक्रियलाई सदस्यताको माग

वीरगंज ४ माघ । नेपाल पत्रकार महासंघ पर्सा शाखाका साधारण सदस्य तथा केन्द्रीय पार्षदहरुले सोमवार एक ज्ञापनपत्र बुझाउ“दै निष्कृय रहेका पत्रकारहरुको महासंघको सदस्यता खारेज गर्न माग गरेका छन ।
पत्रकार महासंघ पर्सा शाखाका साधारण सदस्य एवम नेपाल प्रेस युनियन पर्सा शाखाका अध्यक्ष पुरुषोत्तम सिंह भट्टराई र युनियनका केन्द्रीय सदस्य एवं मधेश विभाग प्रमुख विजय कुशवाहाको नेतृत्वमा गएको टोलीले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शितल महतोको रोहबरमा महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा, उपाध्यक्ष ध्रुव साहलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा महासंघको सदस्यता लिएका केहि सदस्यहरु निष्कृय रहेको र अन्य पेशा गरी रहेकाले महासंघको उद्देश्य र गरिमा माथि नै प्रश्न उठेको बताउदै जिल्लामा हाल निरन्तर पत्रकारिता गरि सक्रिय र क्रियाशिल रहेका पत्रकारहरुलाई सदस्यताबाट बञ्चित गरिएको भन्दै ध्यानाकर्षण गराईएको छ । ज्ञापन पत्रमा निष्कृय सदस्यहरुको सदस्यता खारेज गरी क्रियाशिल पत्रकारहरुलाई तत्काल सदस्यता दिनु पर्ने माग गरिएको छ ।
ज्ञापनपत्रमा मागको बेवास्ता गरिए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिईएको छ । ज्ञापनपत्र बुझाउने क्रममा नेपाल प्रेस युनियनका संस्थापक सदस्य कन्हैया लाल केशरी, पूर्व केन्द्रिय सदस्यद्वय दिपेन्द्र चौहान, अनिल तिवारी, पत्रकार महासंघ पर्साका सहसचिव शेखर छतकुली, पत्रकार महासंघका केन्द्रीय पार्षद तथा नागरिक दैनिकका समाचारदाता रितेश त्रिपाठी, अन्नपूर्ण पोष्ट दैनिकका समाचारदाता क्रान्ति साह, सहारा दैनिकका सम्पादक चन्द्रभुषण साह, नेपाल टेलिभिजनका समाचारदाता विजय चौहान, जनप्रतिबिम्ब दैनिकका सम्पादक सञ्जय साह, नेपाल छापा माध्यमका राष्ट्रिय सञ्जाल पर्साका अध्यक्ष रामराज्य यादव, लालकिशोर सिंह, मनोज पटेल, अमित अग्रवाल, लगायतका पर्सेली पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।