• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मोर्चाद्वारा जारी मधेश आन्दोलनको फोटो प्रदर्शनी

मोर्चाद्वारा जारी मधेश आन्दोलनको फोटो प्रदर्शनी

राजविराज, ३० संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा मधेशी मोर्चा सप्तरीले विहीबार राजविराजमा आन्दोलन सम्वन्धि फोटो प्रदर्शन गरेको छ ।
अदालत रोडमा मोर्चाले आयोजना आयोजना गरेको उक्त प्रदर्शनीमा हज्जारौं जनाले अवलोकन गरेका छन् । यसैगरी विराटनगरमा समेत फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । मोर्चाले मेनरोडको बुधहाटचोकमा आन्दोलनका क्रममा सहिद भएका र घाइतेहरुको फोटो प्रदर्शनी गरेको हो ।
मधेश आन्दोलनको क्रममा भएको प्रहरी दमनलाई झल्काउने फोटो प्रदर्शनी गरिएको मोर्चाका नेता राजकुमार यादवले जानकारी दिए । कार्यक्रममा प्रहरी दमनविरुद्ध सर्वसाधारणको हस्ताक्षरसमेत संकलन गरिएको उनले बताए । संकलित हस्ताक्षर मानवअधिकारवादी संस्थालाई बुझाइने मोर्चाले जनाएको छ ।12557715_1005112096249068_1992779590_o