• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
बिराटनगरमा गधा जुलुस प्रदर्शन

सोनु दास

मोरङ्ग, २९ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारको विरोधमा बुधवार विराटनगरमा गधा जुलुस निकालेको छ ।
विराटनगरको रोडशेषचोकबाट निकालिएको गधाजुलुसले विराटनगरका विभिन्न चौकको परिक्रमा गरेको थियो । नगर परिक्रमापछि जुलुस जलजला चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो ।
विरोधसभामा बोल्दै तराई–मधेश लोकतान्त्रिक पार्टीका राजु मण्डलले केपी ओली नेतृत्वको सरकारले कालोबजारीलाई प्रश्रय दिइरहेको बताए । सभामा मोर्चाका मोरङ्ग संयोजक राजकुमार यादव, प्रवक्ता मोहम्मद कादिर, सद्भावना पार्टिका गङ्गाप्रसाद यादव, रामानन्द साह, सत्यनारायण साह, चन्द्रप्रसाद राजवंशी, संघीय समाजवादी फोरम नेपालका जयराम यादव, रञ्जु वर्मा, संजय सिंह, जितेन्द्र यादवलगायतका नेताहरुले माग पुरा नभएसम्म आन्दोलनालाई निरन्तरता दिइने बताए ।