• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

नेता महतोले प्रधानमन्त्री ओलीलाई भने ‘सिङ्गो देशलाई आफ्नो ठान्नुस्’

नेता महतोले प्रधानमन्त्री ओलीलाई भने ‘सिङ्गो देशलाई आफ्नो ठान्नुस्’

दिल्ली, २८ पुस । प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य उपचारका क्रममा भारतको दिल्लीमा रहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बीच टेलिफोन वार्ता भएको छ ।
सोमवार साँझ भएको फोनवार्तामा ओली शीघ्र स्वास्थको कामना गर्दै काठमाण्डो फर्किन आग्रह गरेका छन् । ओलीले फोनमा भने ‘देशलाई तपाईंको खाँचो छ, काठमांडौ आउनुस, वार्ता गरौं र सहमति खोजौ ं।’
नेता महतोले आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको बताउँदै जवाफमा यस्तो भने ‘मेरो स्वास्थ ठीक छ, तपाई देशको स्वास्थको चिंता गर्नुस्, तपाईमाथि देशको अभिभारा छ, सिङ्गो देशलाई आफ्नो ठान्नुस्, मधेशलाई अधिकार सम्पन्न बनाउनमा योगदान दिनुस्, हामीले केही पनि नयाँ कुरा मांगेका छैनौं, मोर्चा वार्ताबाट कहिल्यै पछाडि हटेको छैन, वार्ताको लागि हाम्रा साथीहरू काठमांडौमै छन्, सहमतिको वातावरण नबनेसम्म काठमाण्डौ फर्किन्न, मेरो हत्याको प्रयास त गर्नु भयो तर पनि केही चिन्ता छैन, अब पनि मधेशको मांग पूरा गर्नुस ।’
भारतीय गृहमन्त्रीसँग भेंटघाट चलिरहँदा साँझ साढे ५ बजेतिर प्रधानमन्त्री ओलीको फोन आएको थियो ।