राजविराज, २७ पुस । वौद्धिक समाज सप्तरीले जारी मधेश आन्दोलनलाई यथाशीघ्र लक्ष्य प्राप्तिमा पुरयाउन विभिन्न पाँच बुँदे सुझाव अघि सारेको छ ।
आन्दोलनरत सम्पूर्ण दल, संघ, संस्था विभक्त नभई कार्यगत एकता गरी आन्दोलन लक्ष्य प्राप्तिसम्म सहकार्य गर्नु पर्ने, वर्तमान शासक वर्गलाई सहमतिमा ल्याउन आन्दोलनकारी दलले “सविनय” भद्र–अवज्ञा आन्दोलन गर्ने निर्णय अनुसार शीर्ष तहदेखि जिल्लाका नेतृत्वकर्ताहरुले असहयोग गर्न सीमा क्षेत्रमा धर्ना प्रदर्शन लगायत कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन् ।
वर्तमान सरकारका एक जना उप–प्रधानमन्त्रीले तस्करहरुको सहयोगबाट यो सरकारलाई मद्दत प्राप्त भईरहेको तथ्य सार्वजनिक गरेको भन्दै आन्दोलनकारी दलका नेता कार्यकर्ता आफ्नो निर्णय अनुसार मधेशका गाउँ–गाउँमा असहयोग आन्दोलनको मर्म बारेमा आम जनतालाई व्यापक रुपमा सु–सूचित गराएको भए समाजकै केही ब्यक्ति प्रलोभनमा वा अचेतन अवस्थामा इन्धन लगायत विभिन्न सामान तस्करी गरी मधेशी विरोधी सरकारलाई मद्दत गरिरहेको समाजका संयोजक प्रा. अमरकान्त झा र सचिव अनिलकुमार अनलद्वारा प्रेषित विज्ञप्तिमा जनाईएको छ ।
आन्दोलनकारी दल आफ्ैले गरेको निर्णय अनुसार मधेशको सीमा क्षेत्रमा आएर तस्करी नियन्त्रणको वातावरण सृजना गर्नुपर्ने, मधेश आन्दोलनका शहीद परिवारलाई क्षतिपुर्ती दिने, घाइतेलाई औषधी उपचार गराउने विभिन्न जिल्लाका प्रशासक र आन्दोलनकारी वीच सहमति सम्झौता भए पनि सरकारद्वारा त्यसको पालना नभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
२०४७ सालको परिवर्तन पछि विभिन्न सरकार मधेशवादी दलको साथ सहमति सम्झौता गर्दै आएको पनि हालसम्म पालन गर्ने नैतिकता नदेखाएको, मधेशवादी दलका नेताहरुलगायत संघ–संस्थाका अगुवाहरु सरकारद्वारा वार्ता गर्ने गरेको प्रहसनलाई प्रमुखता नदिई जनताको माझ सरिक भई आन्दोलनलाई छिटो भन्दा छिटो गन्तब्यमा पु¥याउन वौद्धिक समाजले सुझाव दिएको छ ।