• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

आन्दोलनको प्रभाव गाउँ–गाउँसम्मः नेता साह

आन्दोलनको प्रभाव गाउँ–गाउँसम्मः नेता साह

राजविराज, २७ पुस । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र प्रसाद साहले आन्दोलनको प्रभाव सडकमा मात्र नभई गाउँ–गाउँसम्म पुगेको बताएका छन् ।
उमा सिंह स्मुति दिवस तथा जारी मधेस आन्दोलन र मधेसी पत्रकारको अवस्था विषयक राजविराजमा सोमबार मधेशी पत्रकार समाजले आयोजना गरेका कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । आन्दोलनलाई कमजोर पार्न तस्कर तथा केही घुसपेठियाहरुको प्रयोग भइरहेको भन्दै उनले आन्दोलनको पाँच महिना बित्नलाग्दा पनि मधेसीका मागप्रति सरकार गम्भिर नभएकोमा नेता साहले आक्रोश व्यक्त गरे ।
सरकार समस्या समाधानको पक्षमा नरहेको जिकिर गर्दै सरकार र मोर्चाबीच २५ पटकसम्मको वार्तामा सरकार राजनीतिक रुपमा प्रस्तुत नभएको साहले आरोप लगाए । जारी आन्दोलनलाई निष्कर्षमा पु¥याउन अधिकार र पहिचानवादी दलहरुबीच निकट भविष्यमा महागठबन्धन निर्माण हुन लागेको उनले जानकारी गराए । ‘सरकार सय दिनमा एउटा पनि राम्रो काम गरेको उदाहरण छैन’ उनले भने ‘अहिलेसम्म सरकारले एउटा पनि मानवीय समवेदनशीलताको काम समेत गर्न सकेको छैन । मधेस आन्दोलनको पक्षमा समाचार प्रकाशन तथा प्रशारण गरेका पत्रकारहरु प्रहरी(राज्य)को निसानामा परेको साहले बताए । काठमाण्डौका अधिकांस पत्रकार तथा सञ्चार गृहहरु मधेश आन्दोलनको विरोधमा बढी लागेको नेता साहले बताए ।
कार्यक्रममा तराई मधेश लोकतान्त्रिकका केन्द्रीय सदस्य जयप्रकाश ठाकुरले राष्ट्रिय मिडियाहरु मधेसी विरोधी रहेको बताए । अन्तक्र्रियामा सद्भावनाका केन्द्रीय सदस्य दिपेन्द्र चौधरीले संसारकै इतिहासमै आन्दोलन धेरै लामो भएकोले अब पनि माग सम्बोधनमा ढिलाई भए देश ठूलो दुर्घटनामा पर्नसक्ने बताए ।
कार्यक्रममा वरिष्ठ पत्रकार शिवहरी भट्टराई, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरु विष्णुकुमार मण्डल, बैद्यनाथ झा, धीरेन्द्रप्रसाद साह, महासंघका कार्यवाहक अध्यक्ष श्रवणकुमार देव, राष्ट्रिय मधेस समाजवादीका जिल्ला अध्यक्ष गजेन्द्रप्रसाद मण्डल, मधेसी मोर्चाका जिल्ला संयोजक कपिलदेव यादव लगायतले आन्दोलनलाई सशक्त बनाउनुपर्नेमा जोड दिए । समाजका अध्यक्ष शैलेन्द्र सिंहको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन विनयकुमारलाल कर्णले गरे ।
सोही कार्यक्रममा उमा सिंह स्मृति दिवसको अवसरमा वातावरण पत्रकारिता पुरस्कारबाट कल्याण पोष्ट दैनिकका सह–सम्पादक ध्रुब कुमार मण्डललाई पुरस्कृत गरिएको छ । राजविराजबाट प्रकाशित आजको वातावरण दैनिक पत्रिकाका प्रकाशक÷सम्पादक प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले प्रत्येक वर्ष पुस २७ गते उमा सिंह स्मृतिमा सो पुस्कार प्रदान गर्दैआएका छन् । एक हजार एक सय एक राशी र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ ।