• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

विद्यार्थीहरुको लागि ‘सेल्फ एण्ड सेल’ तालिम

विद्यार्थीहरुको लागि ‘सेल्फ एण्ड सेल’ तालिम

पर्सा २५ पुस । विद्यार्थीहरुले आफनो क्षमतालाई प्रस्तुत गर्न सर्वप्रथम असल नागरीकको रुपमा आफुलाई प्रस्तुत गर्नुसक्नुपर्ने मेगा बैक वीरगंजका प्रमुख आमरत्व ओजश्वी उपाध्ययले बताएका छन् ।
वीरगंज पब्लीक कलेजले शनिवार होटल मकालुमा ११ कक्षामा अध्ययनरत विद्यार्थीहरुका लागि आयोजना गरेको ‘सेल्फ एण्ड सेल’ तालिम कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका उपाध्ययले अहिलेको प्रतिस्पर्धि युगमा विद्यार्थीहरुले असल नागरिक भए सफलता प्राप्त गर्न कठिनाई नरहेको बताउदै असल नागरिकका लागि आफुमा अबलम्बन गर्नुपर्ने गुणहरु निर्वाह गरे एक प्रतिष्ठित व्यक्ति बन्न ग्राहो नहुने बताए । विद्यार्थीले आफ्नो लक्ष्य सम्म पुग्नका लागि आफैले ९० प्रतिशत सम्म जिम्मेवारी निर्वाह गर्नुपर्ने सुझाउदै सफल ब्यक्ति बन्नका लागि १० प्रतिशतको भुमिका आर्थिक, समाजिक र घरायसि समस्याले अवरुध गर्न नसक्ने आफनो धारणा व्यक्त गरे ।
यसैगरी प्रतिस्पर्धी युगमा कुसल व्यक्तित्व बन्न अनुशासनको समेत उत्तिकै महत्वपुर्ण भुमिका रहने एभिन्यूज टेलिभिजनका ब्यूरो प्रमुख राजु श्रेष्ठले बताए । जागिरका लागि डिग्री प्राप्त मात्रै गरेर नहुने बताउदै जागिरका लागि राजनितिक, समाजिक र भौगोलिक अवस्थाको बारेमा जानकार हुनैपर्ने बताए । त्यस्का लागि पत्रपत्रिका, देशको अवस्थाको बारेमा बुझन खुलेर एक अर्कामा चर्चा परिचर्चा गर्न सक्नुपर्ने विद्यार्थीहरुलार्य सुझाव दिए । ब्यूरो प्रमुख श्रेष्ठले जति प्रविधि भित्रिदैछन्् त्यति विद्यार्थीहरु अल्छी र गलतबाटोमा लाग्दै गएको बताउदै त्यस्ता गलत सङ्गतबाट आफुलार्य टाढै रख्नसक्नुपर्ने बताए ।  IMG_3345
कार्यक्रममा लक्ष्मी बैकका निर्देशक विश्वकरण जैनले फेसबुकका जो निर्माता हुनुहुन्छ मार्क जोर्ब उनि सुरुवातमा कम्पयुटर समेत चलाउन जानेका थिएनन् तर आफुलाई कुन विषयमा रुचि राख्ने के गर्न सके विश्व आफ्नो हातमा पार्न सकिने ढुड संकलपका साथ त्यहि विषयमा अगाडि बढे सफलता आफ्नो हातमा पार्न सक्ने बताए । अर्को प्रसङ्गमा राष्ट्रिय वाणिज्य बैकका थाई जागिर छोडेर आफ्नो इच्छा शक्ति पाउनका लागि लगनका साथ संर्घषशिल काममा लागे अहिले एक प्रतिस्ठित टेलिभिजन एभिन्यूज टेलिभिजनका ब्युरो प्रमुख भई आफनो ठाउँको साथसाथै देशभर आफुलाई चिनाउन सक्ने जैनले बताए ।
कार्यक्रममा कलेजका प्रमुख बाशु कर्ण, कोर्डिनेटर प्रेम पटेल, विएमआईका कोर्डिनेटर अरविन्द श्रेष्ठ, प्रध्यापक शंकरमान श्रेष्ठ लगायत प्रशिक्षक डा. दिपक शाक्य र बाशु कर्णको उपस्थिति रहेको थियो । कार्यक्रममा ईन्ट्रान्स परीक्षामा टप १० गरेका छात्र छात्रा अमृत सुवेदी र रचना ओझा पहिलो त्यसैगरी अपसरा कार्की दोस्रो सरोज डंगोल तेस्रो आन्नद गुप्ता र आन्नद साह चौथो, रोहित कुमार पटेल पाचौँ रितिक अग्रवाल र प्रकाश कुमार कलवार छठौँ मन्दीप कुमार खडका सातौँ, सोनी सिंह आठौँ मनिषा गुप्ता ९ आंै, आकृति लम्साल, अर्चना गुप्ता र स्नेहा रेग्मी दशौँ स्थान हासिल गरेकाहरुलाई कार्यक्रमका अतिथिहरुले सम्मान गरेका छन् । यसैगरी विभिन्न विद्यालयबाट डिष्टिंन्सन होल्डर २१ जनालाई सम्मान समेत गरिएको छ ।