• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
काठमाण्डौमा सरकार विरुद्ध बृहत प्रदर्शन

काठमाण्डौ, १९ पुस । संघीय समाजवादी फोरम नेपालले आइतवार काठमाडौं सरकार विरुद्ध बृहत् प्रदर्शन गरेको छ ।
‘प्रतिगामी संविधानको विरुद्ध सङ्घर्ष गरौं, अधिकार सम्पन्न स्वायत्त प्रदेशहरु स्थापना गरौं’ भन्ने नाराका साथ काठमाण्डौ स्थित सुन्धारामा विरोध प्रदर्शन गरियो । विरोध प्रदर्शनकालागि राजधानीमा उपलब्ध पार्टीका केन्द्रीय सदस्य, नेवा प्रदेश समितिका अगुवा, राजधानीका चारवटा पार्टी जिल्ला कार्य समितिका पदाधिकारी, सबै भातृसङ्गठनका अगुवा र प्रदेश तथा जिल्ला सम्पर्क समितिका अगुवाहरुको उपस्थिति रहेको थियो ।
विरोध कार्यक्रमलाई संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतका नेताहरुले सम्बोधन गरेका छन् । झन्डै चार महिनादेखि मधेश–थरुहटमा जारी आन्दोलनको माग सम्बोधनका लागि सरकारलाई दबाब दिने उद्देश्यले राजधानीमा फोरम नेपालले विरोध सभाको आयोजना गरेको थियो ।1 (3)

1 (1)