• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सदभावना पार्टीको संकल्प कार्यक्रम पुस १९ देखि २७ गतेसम्म, सहयोग गर्न महतोद्वारा अपील

सदभावना पार्टीको संकल्प कार्यक्रम पुस १९ देखि २७ गतेसम्म, सहयोग गर्न महतोद्वारा अपील

राजविराज, १८ पुस । सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोद्वारा प्रेषित संकल्पका कार्यक्रमहरु शनिवार राजविराजमा आयोजित आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।
राजविराजस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनमार्फत संकल्पका कार्यक्रम सार्वजनिक गरिएको हो । पुष १९ गते शहीदहरुको आत्माको शान्तिको कामना गर्दै मन्दिर, मस्जिद, गुरूद्वारा, गिर्जाघरआदि धार्मिक स्थल तथा सार्वजनिक स्थानहरुमा प्रार्थना सभा, पुष २० गते १२ बजेदेखि १ बजेसम्म एक घण्टा मौन व्रत, पुष २१ गते आन्दोलनका विभिन्न नाराहरुसहित भित्ते लेखन, पुष २२ गते राज्य दमनको विरोधमां मधेश आन्दोलनको समर्थनमां प्रत्येक दिन साइकल, मोटरसाइकल, रिक्सा, ठेला, बयलगाडीेमां अनिवार्य रूपमा कालो झण्डाको प्रयोग गर्ने, सरकारलाई दवाब दिन र मधेश आन्दोलनको समर्थनमा रहेका तथा आन्दोलनकारीहरुले प्रत्येक दिन दो इञ्चको कालो पट्टी बायाँ हातमा बाँध्ने कार्यक्रम तय गरिएको छ ।
पुष २३ गते मधेशका प्रत्येक गाउँ–गाउँ, घर–घर, टोल, चौकहरुमा सहीदहरुको स्मरणमां प्रत्येक दिन मैनवत्ती वा दियो बाल्ने, पुष २४ गते मधेशमा बस्ने प्रत्येक व्यक्ति भारतसहित संसारमा बस्ने सबै रिश्तेदार, नातेदार, मित्र, प्रियजनलाई मधेशको अवस्थाबारे, सरकारद्वारा भइरहेको दमन, आन्दोलनको माग तथा आफ्नो संघर्षका विषयमा चिठ्ठी लेख्ने, एसएमएस, ईमेल, फेसबुक मैसेन्जर, वाट्स एप, भाईबर, वी च्याटको माध्यमबाट जानकारी पठाउने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पुष २५ गते मधेश विरोधी संविधानमा हस्ताक्षर गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी, राप्रपासहितका दल एवम् सांसदहरुलाई आ–आफ्नो पार्टी छोडेर आन्दोलनमा सहभागी हुन पुष ८ गते अध्यक्ष महतोद्वारा लेखिएको पत्रको समर्थनमा गाउँ–गाउँमा जनताको हस्ताक्षर अभियान संकलन गर्ने, पुष २६ गते चौकहरुमा मधेशमा भएको दमन विरुद्ध सेतो कपडामा हस्ताक्षर अभियान चलाउने, पुष २७ गते मधेश आन्दोलनको १५० औं दिनमा एक दिन उपवास राखिने कार्यक्रम तय भएको छ ।
मधेश आन्दोलनमा सक्रिय संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय समावेशी मधेशी गठबन्धनका आन्दोलनका विभिन्न कार्यक्रमहरुमा सहयोग, समर्थन र सहभागिता जनाउँदै मधेश आन्दोलनलाई अझ बल पुर्याउन संकल्प कार्यक्रमहरुमा सबैलाई सहभागी हुन अध्यक्ष महतोले अपील गरेका छन् । सिघ्र स्वास्थ्यलाभको कामना गर्ने, चिन्तित शुभचिन्तक, सहकर्मी, सुभेच्ुछ, आन्दोलनकारीसहित सम्पूर्ण जनताप्रति आभार प्रकट गर्दै उनले चाँडै स्वस्थ भएर आन्दोलनमा सहभागी हुने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।
पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय उपाध्यक्ष नवलकिशोर साह, केन्द्रीय नेताहरु दिपेन्द्र प्रसाद चौधरी, अमरनाथ मण्डल, जिल्ला अध्यक्ष सुनिल कुमार झा, महिला नेतृ पूनम यादव, विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादवलगायतको उपस्थिति रहेको थियो ।