• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

असली क्रान्तिका दिवाना युवा र पदका दिवाना कमाण्डरः मातृका

असली क्रान्तिका दिवाना युवा र पदका दिवाना कमाण्डरः मातृका

राजविराज, १८ पुस । नेकपा माओवादीका केन्द्रीय संयोजक मातृका प्रसाद यादवले जारी मधेश आन्दोलन नेताहरुकै कारण कमजोर हुँदै गएको बक्ताहरुले बताएका छन् ।
राजविराजमा शनिवार आयोजित कार्यकर्ता भेंटघाट कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । विगत पौने ५ महिनादेखिको जारी मधेश आन्दोलन नेताहरुका कारण नभई युवाहरुकै बलमा टिकेको बताउँदै उनले भने ‘जारी मधेश आन्दोलन भर्खरका युवाहरुकै कारण टिकेको छ, बरु नेताहरुका कारण नै आन्दोलन कमजोर हुँदै गएको छ ।’
आन्दोलनका नेतृत्व गर्ने नेताहरुकै रबैयाका कारण आन्दोलनलाई कमजोर हुँदैगईरहेको आरोप लगाउँदै मधेशी जनताको भावनालाई बुझेर इमान्दारी अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । एक–अर्कामा अविश्वासको वातावरण बढ्दैगएको प्रष्ट पार्दै संयोजक यादवले भने ‘असली क्रान्तिका दिवाना युवाहरु हुन् जो बलिदानी दिन पनि पछि हट्दैनन् तर केही आन्दोलनका कमाण्डरहरु पैसा र पदका दिवाना भएका छन् ।’
वर्तमान आन्दोलनलाई तुहाउने षडयन्त्रसमेत भइरहेको आशंका व्यक्त नेता यादवले आन्दोलनलाई उपलब्धिमूलक बनाउन गम्भीरतापूर्वक सोच्नुपर्नेमा उनले जोड दिए । ‘केही नेताहरु आन्दोलन गर्ने पक्षमा पनि छैन र आन्दोलन छाड्ने पक्षमा पनि छैन’ नेकपा माओवादीका संयोजक यादवले भने ‘उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्र राय यादवलगायतका नेताहरुलाई गाली गरेर मात्र हुँदैन, जिल्ला–जिल्लाका नेताहरु समेत जिम्मेवार बन्नुपर्दछ ।’2
पार्टीका केन्द्रीय सदस्य जगत यादवले मधेशी जनतालाई अधिकार सम्पन्न बनाउनका लागि जारी आन्दोलनबाट सम्भव नहुने भन्दै सशक्त एवम् निर्णायक बनाउनुपर्नेमा जोड दिए । विगत पौने पाँच महिनाको ऐतिहासिक शान्तिपूर्ण आन्दोलनमा राज्यपक्षले क्रुर दमन गरेर निहत्था मधेशी जनताको हत्या गर्ने काम गरिरहेको भन्दै अधिकारप्राप्तिका लागि मधेशी सेना निर्माण हुनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सदस्य महेश यादव, छेदी यादवलगायतको उपस्थिति रहेको थियो । सहभागी अगुवा कार्यकर्ताहरुले केन्द्रीय नेताहरुसँग जारी मधेश आन्दोलन, आगामी कार्ययोजनालगायतका विषयहरुमा जिज्ञासा राखेका थिए ।