• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रहरी दमन विरुद्ध मसाल जुलुस प्रदर्शन

राजविराज, ११ पुस । मोरङ्गको जोगवनी नाकामा शान्तिपुर्ण धर्नामा सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोसहित आन्दोलनकारीहरुमाथि प्रहरीले गरेको दमन विरुद्ध शनिबार साँझ राजविराजमा मसाल जु्लुस प्रदर्शन गरिएको छ ।
राजविराज स्थित गजेन्द्र चौकबाट निकालिएको मसाल जुलुस सरकार तथा प्रहरी विरुद्ध नाराबाजी गर्दै नगरको विभिन्न परिक्रमा गरेको थियो । सयौंको संख्यामा रहेका युवा विद्यार्थीहरु चर्का नाराबाजी गर्दै केहीबेर जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन समेत गरेका थिए ।