राजविराज, ७ पुस । पत्रकार आचार संहिता २०६० (संशोधित परिमार्जित २०६४) उल्लंघन गरेको भन्दै विभिन्न सञ्चारमाध्यमहरुलाई तीन दिनभित्र गल्ती सच्याउन निर्देशन जारी गरिएको छ ।
प्रेस काउन्सिल नेपाल आचार संहिता अनुगमन उप–समितिको सोमवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । आचारसंहित उल्लंघन गरी समाचार सम्प्रेषण गरेको भन्दै रेडियो मिथिलाञ्चल, न्यूज २४ टेलिभिजन, जनकपुर टुडे दैनिक, जनकपुर टुडे डटकम डट एनपी अनलाइनलाई क्षमायाचनासहित तीन दिनभित्र मुख्य पृष्ठमा गल्ती सच्याएर प्रेस काउन्सिललाई अभिलेख पठाउन काउन्सिलले पत्राचार गरेको छ ।
यसैगरी रेडियो तराईलाई र सोही एफएमका विजयकुमार कुशवाहालाई सचेत गराउँदै तीन दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ । 