• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बोलीमा बिचार नगर्दा पेट्रोलको काम गरेको छः वरिष्ठ नेता नेपाल

बोलीमा बिचार नगर्दा पेट्रोलको काम गरेको छः वरिष्ठ नेता नेपाल

राजविराज, ६ पुस । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले मधेश आन्दोलनका क्रममा राज्यक्षद्वारा भएको दमन निन्दनीय रहेको भन्दै छानबिन हुनपर्ने बताएका छन् ।
सामुदायिक रेडियो छिन्नमस्ता एफएमद्वारा सोमवार प्रशारित रेडियो कार्यक्रम चर्चापरिचर्चामा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । राज्यले मानव अधिकारको सिद्धान्तलाई पालना गर्नुपर्नेमा जोड दिँदै मधेशका जिल्लाहरुमा भएका घटनाहरुबारे छानबिन गरी दोषीलाई कार्वाही हुनुपर्नेमा उनले जोड दिए ।
मधेशमा जारी आन्दोलनका कारण मधेशसहित देशैभरको जनजीवन कष्टकर बन्नपुुगेको भन्दै पूर्वप्रधानमन्त्री नेपाल राज्य र आन्दोलनरत पक्ष दुवै धैर्यता एवम् लचकताका भएर प्रस्तुत हुनुपर्ने सुझाव दिए । देशमा एक–अर्र्का बीच अविश्वासको वातावरणको अवस्था सिर्जना भएकोले आन्दोलनरत पक्षलाई विश्वासमा लिएर अगाडि बढे देशमा उत्पन्न चाँडै हट्ने तर्क गर्दै उनले भने ‘वार्ता र सम्वादबाटै समस्या समाधान खोजिनुपर्दछ ।
विश्वासको अभाव र भावनासँग जोडिएका सवालहरुलाई नेताहरुले गम्भीरतापूर्वक नलिँदै समस्या झन बल्झिँदै गएको प्रष्ट पार्दै उनले बोलीमा बिचार नगर्दा पेट्रोलको काम गरेको बताए । नेताहरुले राजनेताको चरित्र देखाउनुपर्ने आवश्यकता औंल्याउँदै वरिष्ठ नेता नेपालले मधेशी जनता आदिवासी र देशभक्त भएकोले कहिँ कतैबाट भावनामा चोट पुर्याउने काम नगर्न आग्रह समेत गरे ।