राजविराज, ५ पुस । आफूहरुको हक अधिकार सुनिश्चितताको माग गर्दै हरुवाचरुवाहरुले आइतवार राजविराजमा विशाल जुलुुस प्रदर्शन गरेको छ ।
मानव अधिकार तथा ग्रामीण युवा परिवर्तन (हुर्क) नेपाल र तपेश्वरी समाज कल्याण संघको अगुवाईमा स्थानीय शिव मन्दिरको प्रागणबाट निस्केको जुलुस नगरको विभिन्न भाग परिक्रमा गरेको थियो । हरुवा चरुवाको पुनःस्थापना समस्या समाधान आयोग गठन गर, हरुवाचरुवा समुदायको उचित ज्याला निर्धारण गर, हरुवाचरुवा परिचय पत्र लागु गरलगायतका नाराहरु लगाइएको थियो ।
पुनःस्थापना समस्या समाधान आयोगको गठन सहिततका १० बुँदे माग पुरा गराउन दवाव दिनका लागि प्रदर्शन गरिएको थियो । सप्तरी जिल्लामा मात्रै १८ हजार ३ सय ६१ हरुवा चरुवा समुदाय रहेको कार्यक्रम सञ्चालक समितिका अध्यक्ष पार्थो सरकारकाले बताए ।