• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

राजविराजलाई पराजित गर्दै उपाधीमाथि डिमनको कब्जा

राजविराजलाई पराजित गर्दै उपाधीमाथि डिमनको कब्जा

राजबिराज, ४ पुस । हरेक रन बाल बिवाह विरुद्धको रन भन्ने मुल नाराको साथ राजबिराजको राजरंगशालामा सेभ द चिल्ड्रेनको सहयोग तथा जिल्ला बाल सञ्जालको आयोजनामा सञ्चालित अन्तर बाल क्लब जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता अन्र्तगत शनिवार सम्पन्न फाइनल खेलमा डिमन बाल संञ्जालले उपाधिमाथि कब्जा जमाउन सफल भएको छ ।
राजबिराज बाल सञ्जाललाई रोमान्चक खेलमा १ रनले पराजित गर्दै डिमनले उपाधिमाथि कब्जा जमाएको हो । डिमन बाल सञ्जालले टस जितेर पहिलो ब्याटिङ्ग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा सम्पुर्ण बिकेट गुमाई १ सय ११ रनको योगफल तयार पारेका थिए । डिमनका लागि बिवेक यादवले २२, डिकराज परियार १९, शिव राउत १४ र अजय यादवले १० रनको योगदान दिए । बलिंगतर्फ राजबिराजका बिकास दासले २ तथा नवनित जयसवाल, अभय थापा र अमर यादवले सामान १ बिकेट लिए ।
१ सय १२ रनको लक्ष्य लिई मैदानमा ओर्लेको राजबिराज बाल सञ्जालले ९ बिकेट गुमाई १ सय ९ रन मात्र बनाउन सफल भएका थिए । राजबिराजका लागि प्रशान्त राईले २४ तथा अमित दासले १८ रनको योगदान दिएका थिए भने बलिङ्गतर्फ डिमनका बिवेक यादव, मिकु मण्डल र रोशन मण्डलले सामान २ बिकेट तथा अनिल यादवले १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच डिमनका बिवेक यादव घोषित भए ।
प्रतियोगिता अन्र्तगत बेष्ट व्याट्समयान राजबिराजका सिमान्त राज राई, बेष्ट बलर मधवापुरका बिक्की तिवारी, बेष्ट फिल्डर राजबिराजका प्रशान्त राई, इमरजिङ्ग खेलाडि मलहनियाका ललित यादव, तथा म्यान अफ द सिरिज राजबिराजका प्रशान्त राज राई घोषित भए । सप्तरी क्रिकेट संघका सदस्य धर्मेन्द्र चौधरी, सेभ द चिल्ड्रेनका कार्यक्रम अधिकृत मकर सार्की, सबल नेपालका परमेश्वर झा, राष्ट्रिय क्रिकेट एकेडेमीका प्रशिक्षक दिपेन्द्र चौधरी, जिल्ला बाल कल्याण अधिकृत पुनम चौधरी, महिला बालबालिका कार्यालयका निमित प्रमुख शुशिला चौधरीलगायतले बिजेता तथा उपबिजेता खेलाडिहरुलाई प्रमाण पत्र तथा कप बितरण गरिएको छ ।
जिल्ला बाल कल्याण समितिका उपाध्यक्ष सुरुची झाको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन सप्तरी क्रिकेट संघका आयुश श्रेष्ठले गरे । प्रतियोगिता भरि कुल ३ हजार ६९ बालबिवाह बिरुद्धको रन बनेको समेत एम्पाएर तथा सप्तरी क्रिकेट संघका सदस्य धर्मेन्द्र चौधरीले जानकारी गराए ।