• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

बाल सञ्जालद्वारा मधवापुर २९ रनले पराजित

बाल सञ्जालद्वारा मधवापुर २९ रनले पराजित

राजविराज, ३ पुस । राजविराजमा सञ्चालित अन्तर बाल क्लब जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता अन्र्तगत तेश्रो स्थानको लागि शुक्रवार भएको खेलमा परसवनी बाल सञ्जालले मधवापुर बाल सञ्जाललाई २९ रनले पराजित गरेको छ ।
राजविराज स्थित राजरंगशालामा सेभ द चिल्डे«नको सहयोग तथा जिल्ला बाल सञ्जालद्वारा प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिता अन्र्तगत तेश्रो स्थानको लागि सेमीफाईनलमा पराजित भएका दुवै टिम बिचको खेलमा परसवनीले टस जितेर पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा १८ ओभर ३ बलमा सम्पुर्ण बिकेट गुमाई १ सय १२ रनको योगफल तयार पारेका थिए । परसवनीका लागि सुल्तान खाँन र रोशन यादवले सामान २५ रनको योगदान दिएका थिए । बलिंग तर्फ मध्वापुरका रामचन्द्र मेहता, बिक्की तिवारी, मिहिर मिश्रा र संजिव यादवले सामान २ बिकेट लिएका थिए ।
१ सय १३ रनको लक्ष्य लिई मैदानमा ओर्लेको मधवापुर १७ ओभर २ बलमा सम्पुर्ण बिकेट गुमाई ८३ रनमै समेटिएको थियो । मधवापुरलाई कम रनमा समेटन परसवनीका सबल झा र इरफान खानले सामान ३ बिकेट तथा रोशन यादव र पुुष्कर झाले समान २ बिकेट लिएका थिए । परसवनीका लागि बिक्की तिवारीले १७ तथा मिहिर मिश्राले १३ रनको योगदान दिएका थिए । खेलको म्यान अफ द म्याच परसवनीका सबल झा घोषित भए ।
प्रतियोगिता अन्र्तगत शनिवार उपाधिको लागि डिमन बाल सञ्जाल र राजबिराज नगर बाल सञ्जाल बीच भिडन्त हुने जानकारी नगर बाल सञ्जालका आसिस गुप्ताले जानकारी दिए ।