• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सुख्खा बन्दरगाहबाट पक्राउ परेका ११ नेता रिहा

सुख्खा बन्दरगाहबाट पक्राउ परेका ११ नेता रिहा

वीरगंज, २९ मंसिर । जारी मधेस आन्दोलनको क्रममा वीरगञ्ज उप–महानगरपालिका वडा नंम्वर २७ स्थित अलौंमा रहेको सुख्खा बन्दरगाह अगाडि धर्ना दिने क्रममा सोमवार राती पक्राउ परेका ११ जना आन्दोलनकारी रिहा भएका छन् ।
मधेसी मोर्चा र गठबन्धनका नेताहरुलाई राती १ः ३० बजे पक्राउ परेका उनीहरु मङ्गलवार बिहान ९ बजे रिहा गरेको छ । स्थानिय मधेसी बुद्धिजिवीहरुको पहलमा संघीय समावेसी मधेसी गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साले सोमवारदेखि सुख्खा बन्दरगाह अगाडि धर्ना दिएर सम्पुर्ण कामहरु ठप्प गर्ने कार्यक्रम तय गरेको थियो ।
पक्राउ पर्नेहरुमा गठबन्धनसँग आवद्ध नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य शिव पटेल, पर्सा सचिव कृष्णा पटेल, मोर्चासँग आवद्ध सदभावना पार्टीका केन्द्रीय सदस्य निजामुद्दिन समानी, तराई मधेस लोकतान्त्रिक पार्टीका पर्सा उपाध्यक्ष जटाशंकर गुप्ता, पुर्व जिल्ला अध्यक्ष रमतुल्लाह खान, धनई पटेल, राष्ट्रिय मधेस समाजवादी पार्टीका जहुर आलम, स्थानिय बिजय पटेल, आनन्द चर्तुवेदी, मोती साह र बिनय सर्राफ रहेका थिए । पक्राउ परेका नेता एवं कार्यकर्ताहरुलाई संघीय समावेसी मधेसी मोर्चा पर्साका संयोजक सरीफ अहमद र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका पर्साका संयोजक पुरुषोत्तम झाको रोहवरमा जिल्ला प्रहरी कार्यालय पर्साले रिहा गरेको नेता शिव पटेलले जानकारी दिएका छन् ।