• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सिरहालाई पराजित गर्दै रुपनी टिम विजयी

राजविराज, १९ मंसिर । सप्तरीको रायपुर गाविसस्थित रुपनीमा शनिबार सम्पन्न ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेलमा सप्तरीको बिसनपुर बिजयी भएको छ ।
च्याम्पियन एलेभन क्रिकेट क्लव रुपनीको आयोजनामा सम्पन्न खेलामा बिसनपुरले सिरहालाई पराजित गर्दै बिजयी भएको हो । टस जितेर सिरहा क्रिकेट टिमले ब्याटिङ गर्दै १६ ओभर ५ बल खेलेर ७९ रन बनाए ।
प्रति उत्तरमा बिसनपुरले ८ ओभर २ बलमा ५ विकेटको नोक्सनीमा उक्त लक्ष्य हासिल गरेको थियो । प्रतियोगितामा विसनपुर टिमका सिद्धान्त लोहनी म्यान अफ द सिरिज, बेस्ट ब्याट्म्यान सिरहाका कप्तान शंकर यादव, बेस्ट बलर सिरहाका दिपेश यादव र बेस्ट एम्पायरमा अशोक यादव र किशोर विक भए । Rupni ma Crecket Pratiyogita 2
च्याम्पियन एलेभन क्रिकेट क्लव रुपनीका अध्यक्ष धिरेन्द्र चौधरीको अध्यक्षता तथा सदभावना पार्टीका केन्द्रिय सदस्य दिनेश कुमार यादवको प्रमुख आतिथ्य एवम् राष्ट्रिय मधेश समाजवादी पार्टीका युवा लिगका केन्द्रीय उपाध्यक्ष मुकेश कर्णको विशिष्ट आतिथ्यमा सम्पन्न प्रतियोगितामा विजयी टिमलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरेका छन् । पहिलो हुने टिमलाई २१ हजार नगद, शिल्ड, प्रमाणपत्र र दोश्रो हुने टिमलाई ११ हजार नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ ।