• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

एमपिएल आयोजक र रञ्जितपुर राइडर्स सेमी फाइनलमा प्रवेश

एमपिएल आयोजक र रञ्जितपुर राइडर्स सेमी फाइनलमा प्रवेश

राजविराज, २२ कार्तिक । मधेशी इन्जिनियरिङ्ग स्टुडेन्ट युनियन सप्तरीको आयोजनामा राजविराजमा सञ्चालित मधेश प्रिमियर लिगको नवौं दिनको तेस्रो क्वाटर फाइनल खेलमा आयोजक टिम (मेसु)ले मधेश फ्रिडम टिमलाई ७२ रनले जीत हात पार्दै सेमी फाइनलमा प्रवेश गरेका छन् ।
आइतवारको खेलमा आयोजक टिम र मधेश फ्रिडम टिम बीचको खेलमा आयोजक टिमले २० ओभर खेल्दै १०८ बनाउँदै १०९ को चुनौती मधेश फ्रिडम टिमलाई दिए । जसमध्ये मेसुका निरज चौधरी ४०, गोपाल कर्ण १० रन बनाए भने अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेन ।
बलिङ्गतर्फ मधेश फ्रिडमका गुलशन मण्डल र प्रमोद मण्डलले ३–३, रबिन्द्र मण्डलले १ विकेट मात्र लिए । लक्ष्यलाई पछ्याउँदै मधेश फ्रिडमका तर्फबाट धिरेन्द्र र प्रभात मण्डलले १०–१० रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोडन सकेन । बलिङ्गतर्फ मेसुका निरज चौधरी, मनिष दासले ३–३ र जिवछ मण्डल २, अञ्जनी चौधरी र प्रमोद यादवले १ विकेट लिए । यसरी मेसुका निरज चौधरी म्यान अफ द म्याच घोषित भए ।
दोस्रो खेल रञ्जितपुर राइडर्स र यङ्ग इलेभेन बरहीबिरपुर बीचको खेलमा बरहीबिरपुरले टस जितेर २० ओभर खेल्दै ६६ रनको लक्ष्य खडा गरे । जसमध्ये विष्णु मण्डल २३, राहुल सिंह १२ र अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेन ।
बलिङ्गतर्फ रञ्जितपुर राइडर्सका बिक्रान्त देव ४, सञ्जित २ र सञ्जय यादव र दिपेन्द्र रायले १–१ बिकेट लिन सफल भए । ६६ रनको लक्ष्य प्याउँदै १२ ओभरमा २ विकेट गुमाई लक्ष्य हात पारे । जसमध्ये मनु देव २१, सुरेन्द्र दास १४, रबिन्द्र यादव ११, गुणानन्द राय ८ रन बनाए । बलिङ्गतर्फ रबि राय र रबेन यादवले १–१ विकेट लिन सफल भए । उक्त खेलको म्यान अफ द म्याच बिक्रान्त देव घोेषित भए ।
सोमवारको पहिलो सेमीफाइनल अर्नाहा र रञ्जितपुर राइडर्स तथा दोस्रो खेल मधेशी इन्जिनियरिङ्ग स्टुडेन्ट युनियन सप्तरी र गणपति टिम रुपनी बीच हुने आयोजक मेसुका सदस्य सुरेन्द्र यादवले जानकारी दिए ।