राजविराज, २२ कार्तिक । सप्तरी सुपर किंग्स, लायन्स एकेडेमी र योग ११ बरहीबिरपुुरको संयुक्त आयोजना तथा सप्तरी क्रिकेट संघ र जिल्ला खेलकुद बिकास समितीको सहकार्यमा आयोजित ड्रिम नेपाल अन्तर क्लब जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता अन्तर चौथो दिनको खेलमा राजदेवी राईजिंगले सप्तरी सुपर किंगलाई रोमान्चक खेलमा ५ रनले तथा स्कोरले रुपनीलाई ८ बिकेटले पराजित गरेको छ ।
चौथो दिन भएको पहिलो खेलमा राजदेवी राईजिंगले टस जिती पहिलो ब्याटिंग गर्दै निर्धारित २० ओभरको खेलमा ५ बिकेटको नोक्सानीमा १ सय ९ रनको योगफल तयार पारे । राजदेवीका लागि पुस्कर झाले आर्कषक ब्याटिंग गर्दै ४१ बलमा अविजित ४५, राजेश झा अविजित १८ तथा जगरनाथ साहले १० रनको योगदान दिए । बलिङ्गतर्फ सुपर किङ्गको तर्फबाट सुभाष साह, निरन्जन महतो, प्रमोद रजक र महताव आलले सामान १ बिकेट लिए ।
१ सय १० रनको लक्ष्य लिई मैदानमा ओर्लेको सुपर किङ्ग निर्धारित २० ओभरमा ७ बिकेटको नोक्सानीमा १ सय ४ रन मात्र जोड्न सकेपछि हार ब्योहोरेको थियो । सुपर किंगका लागि रोशन साह ३४, उदय कर्ण १९ र निरंजन महतोले १२ रनको योगदान दिए । बलिंग तर्फ राजदेवीका सन्तोष मण्डल र रोशन दासले सामान २ तथा राजेश झा र आशिष सिंहले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच राजदेवीका पुष्कर झा घोषित भए ।
चैथो दिननै सम्पन्न दोश्रो खेलमा रुपनीले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा १८ ओभरमा आफनो सम्पुर्ण बिकेट गुमाई ५६ रनमै समेटीएको थियो । रुपनीका लागि सचीन यादव र नितेश यादवले १६र १२ रनको योगदान दिएका थिए । रुपनीलाई सस्तोमा समेटन स्कोरका रोवीन सिंह र दिपक मण्डलले सामान ३ तथा सिमान्त राई र उदित राइले सामान १ बिकेट लिए ।
५७ रनको लक्ष्य लिई मैदानमा ओर्लेको स्कोरले ६ ओभर १ बलमा २ बिकेटको नोक्सानीमा उक्त लक्ष्य भेटाएका थिए । स्कोरका लागि अमित दास र आशिष मण्डलले अविजित रहदै क्रमश ः ३१ र १३ रनको योगदान दिएका थिए । स्कोरका दुवै बिकेट रुपनीका बलर सावीर अलीले लिएका थिए । खेलको म्यान अफ द म्याच स्कोरका दिपक मण्डल घोषित भए ।
प्रतियोगिता अन्र्तगत आजको पहिलो खेल रुपनी र युथ एकेडेमी तथा दोश्रो खेल योंग ११ बरही र युनाइटेड बिसनपुर बिच हुने जानकारी आयोजक समितिका संयोजक तिर्थनारायण रायले जानकारी दिए ।