Top_Header_Right_Add

एमपिएलको छैठौं दिनको खेलमा आयोजक टिम विजयी

एमपिएलको छैठौं दिनको खेलमा आयोजक टिम विजयी

राजविराज, १९ कार्तिक । मधेशी इन्जिनियरिङ्ग स्टुडेन्ट युनियन सप्तरीको आयोजनामा राजविराजमा सञ्चालित मधेश प्रिमियर लिगको छैठौं दिन विहीवारको खेलमा आयोजक टिम विजयी भएको छ ।
राजविराज स्थित पब्लिक बिन्देश्वरी उच्च माध्यमिक विद्यालयको मैदानमा सञ्चालित उक्त खेलमा आयोजक मधेशी इन्जिनियरिङ्ग स्टुडेन्ट युनियन टिमले टस जितेर ब्याटिङ्ग गर्दै २० ओभरमा १३९ रनको चुनौती मधेशी हिरोज टिमलाई दिए । जसमध्ये आदित्य सिंह ४०, अञ्जनी चौधरी ३० र श्याम मण्डलले १९ रन जोड्न सफल भए । यसैगरी अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेन ।
बलिङ्गतर्फ मधेशी हिरोज टिमका अजय मण्डल र अभिषेक कर्णले दुई–दुई विकेट लिए भने अरबिन्द अधिकारीले १ विकेट लिए । प्रतिउत्तरमा लक्ष्यलाई पछ्याउँदै मधेशी हिरोज २० ओभरमा १२१ रन मै चित्त बुझाए । जसमध्ये विष्णु मगर ३७, अजय झा २९ र अभिशेक १४ रन बनाए ।
बलिङ्गतर्फ मधेशी इन्जिनियरिङ्ग स्टुडेन्ट युनियन (मेसु)का अञ्जनी चौधरी २ विकेट लिए भने आदित्य र श्यामकिशोर मण्डलले १–१ विकेट लिए । जसमध्ये मेसुका आदित्य सिंह म्यान अफ द म्याच घोषित भएको आयोजक मेसुका कोषाध्यक्ष राहुल देवले जानकारी दिए । उनका अनुसार शुक्रवारको खेल बरहीबिरपुर र मोडेल कलेज टिम बीच हुनेछ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer