• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

एमपीएलको तेस्रो दिन मोडेल र मधेश लायन्स विजयी

एमपीएलको तेस्रो दिन मोडेल र मधेश लायन्स विजयी

राजविराज, १६ कार्तिक । मधेशी इन्जिनियरिङ्ग स्टुडेन्ट युनियन सप्तरीको आयोजनामा राजविराजमा सञ्चालित मधेश प्रिमियर लिगको तेस्रो दिनको पहिलो खेलमा मोडेल क्याम्पस टिम विजयी भएको छ ।
राजविराज स्थित पब्लिक बिन्देश्वरी उच्च माध्यमिक विद्यालयको मैदानमा सञ्चालित उक्त खेलमा मोडल क्याम्पस टिमले ब्याटिङ्ग गर्दै निर्धारित २० ओभरमा १२५ रनको चुनौती खर्साल युवा क्लव टिमलाई दिए । जसमध्ये प्रवेज आलमले २१, अमित दास ३३ र मो. समसाद २४ रन बनाउन सफल भए । बलिङ्गतर्फ खर्साल टिमका दिपक मण्डल ३, रुपक मण्डल ३ र कैलाश देवले १ विकेट लिए ।
प्रतिउत्तरमा लक्ष्यलाई पछ्याउँदै खर्साल टिमले निर्धारित १३ ओभरमा ६५ रन बनाएर अल आउट भए । जसमध्ये रुपक मण्डल २० बलमा १६ रन, नरेन्द्र देव १२ बलमा १३ रन लिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेन । जसमध्ये मोडेल कलेजका अमित दास ५९ रन बनाएर म्यान अफ द म्याच घोषित भएको मधेशी इन्जिनियरिङ्ग स्टुडेन्ट युनियनका उपाध्यक्ष ई. भूपेन्द्र मिश्राले जानकारी दिए ।
सोमवारको दोस्रो खेलमा मधेश लायन्स र अरमान टे«डर्स बीचको खेलमा मधेश लायन्स टीम विजयी भएको छ । निर्धारित १९ ओभरमा ६ विकेटको क्षतिमा १५७ रनको चुनौती अरमान ट्रेडर्सलाई दिए । जसमध्ये मधेश लायन्सका धीरज दास २४, सन्नी पाण्डे, दिपेन्द्र बोहरा २५ र सुरेन्द्र यादव १९ रन जोड्न सफल भए ।
अरमान टे«डर्स टिमबाट बलिङ्गतर्फ सिद्धिकी २, सोनु मिश्रा १, अमर २ र निजाम आलम १ विकेट लिन सफल भए । व्याटीङ्गतर्फ कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोडन् सकेन । मधेश लायन्सको तर्फबाट बलिङ्ग सुरेन्द्र यादव ३, बिवेक चौरसिया ४ र अभयले २ विकेट लिन सफल भएको मधेशी इन्जिनियरिङ्ग स्टुडेन्ट युनियनका सदस्य सुधीर कुमार मण्डलले जानकारी दिए । उनका अनुसार मङ्गलवारको खेल मधेशी हिरोज र म्याक्सवेल एलेवेन स्टार बीच हुनेछ ।