राजविराज, १४ कार्तिक । मधेशी इन्जिनियरिङ्ग स्टुडेन्ट युनियन सप्तरीको आयोजनामा शनिवारदेखि राजविराजमा मधेश पिमियर लिग सञ्चालन भएको छ ।
राजविराज स्थित पब्लिक बिन्देश्वरी उच्च माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भएको हो । उद्घाटन खेल युथ क्लव क्लव मधेश र भारतको कुनौली टिम बीच भएको छ । उक्त खेलमा युथ क्लवले २० ओभरको खेलमा ८ विकेटको क्षतिमा १४९ रन बनाउन सफल भएको छ ।
प्रतिउत्तरमा कुनौली टिमले १७ ओभरमा अल आउट हुँदै ६५ रनमा सिमित भए । युथ क्लवबाट जितेन्द्र यादवले ३६ रन, चन्द्र पाउल ३४, उमेश यादव १८, अनिल यादव १७ र जय चौधरीले १५ रन बनाउन सफल भए । कुनौली टिमका बलर अभय सिंहले २ विकेट लिए । कुनौली टिमका निकुन सिंहले १८ रन बाहेक अन्य खेलाडिले दोहोरो अंक जोड्न सकेन । उक्त खेल युथ क्लव ८५ रनले विजयी भए । खेलको म्यान अफ द म्याच युथ क्लवका जितेन्द्र यादव घोषित भए ।
युनियनका अध्यक्ष ई. संजिवनारायण यादवको अध्यक्षतामा आयोजित लिगको उद्घाटन मधेशी मोर्चा क्षेत्रीय आन्दोलन परिचालन समितिका क्षेत्रीय संयोजक लक्ष्मण यादवले गरे । उद्घाटन समारोहमा नेपाल प्रजातान्त्रिक सेनानीका कार्यवाहक सभापति सूर्यनारायण यादव, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्रवण कुमार देव, राजनीतिकर्मी बिवश विद्रोही, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष सतिश कुमार सिंह, युवा नेता सुभाष यादव, कासिन्द्र रामलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।
मधेशमै पहिलो पटक सञ्चालन भएको मधेश प्रिमियर लिगमा मधेश र भारतका विभिन्न २० ओटा टिमहरुको सहभागिता रहेको युनियनका कोषाध्यक्ष राहुल देवले जानकारी दिए । उनका अनुसार लिग कार्तिक २९ गतेसम्म सञ्चालन हुनेछ । आइतवारको खेल गणपति टिम नेपाल र मधवापुर मधेश तथा अर्को खेल रञ्जितपुर राइडर्स र निर्मली टिम भारत बीच हुने आयोजक मधेशी इन्जिनियरिङ्ग स्टुडेन्ट युनियन सप्तरीका उपाध्यक्ष भूपेन्द्र मिश्राले बताए ।