• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राष्ट्र बैंक अगाडि कानूनमन्त्री यादव धर्नामा, १२ जना विद्यार्थी पक्राउ

राष्ट्र बैंक अगाडि कानूनमन्त्री यादव धर्नामा, १२ जना विद्यार्थी पक्राउ

धनुषाधाम, १७ भदौ । प्रदेश २ सरकारले दिएको विदा अवज्ञा गरेको भन्दै आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव जनकपुरस्थित नेपाल राष्ट्र बैंक अगाडि आइतवार धर्नामा बसेका छन् ।
कृष्णाष्टमीको अवसरमा प्रदेश सरकारले दिएको सार्वजनिक बिदाको अवज्ञा गरेको विरोधमा मन्त्री यादव धर्नामा बस्न बाध्य भएका हुन् । प्रदेश सरकारले दिएको सार्वजनिक बिदा अटेर गरेपछि खुलेका कार्यालयहरु बन्द गराउन हिँडेका १२ जना विद्यार्थीहरुलाई समेत प्रहरीले पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक गोबिन्द थपालियाले जानकारी दिएका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको जनाईएको छ ।
तस्विरः घनश्याम मिश्र/जनकपुर