• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
विषम परिस्थितिमा फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्वक सम्पन्न भएको छ ।
तोकिएको समयमा निर्वाचन गर्ने जिम्मेवारीका साथ गठन भएको सरकारले निर्वाचन गराउन सक्ला भन्ने विषयमै अनेक प्रकारका आशंका व्यक्त गरिएका थिए । कतिपय मन्त्रीहरु नै निर्वाचनमा भाग लिनका लागि राजीनामा दिएर निस्किए । तर यसका बावजुद पनि सुशीला कार्की नेतृत्वको सरकारले  दत्तचित्त भएर निवाृचन सफल तुल्याउने अभिभारा पूरा गर्नका लागि नै रह्यो । प्रधानमन्त्रीले ‘निर्वाचनमा एक थोपा पनि रगत नबगोस्’ भने झै निर्वाचन अत्यन्त शान्तिपूर्ण रुपमा सफलताका साथ सम्पन्न भएको छ । सरकारको यो गहन जिम्मेवारी पूरा गर्नुका पछाडि निर्वाचन आयोग सुरक्षा निकाय, कर्मचारी वर्ग, सञ्चारजगत लगायत सम्बन्धित सबैको भूमिका प्रशंसनीय रहेको छ । । सुरक्षा सम्बन्धि सवाल मात्र होईन अनेक थरिका विषय उठाउँदै निर्वाचनको सफलताप्रति आशंका उठाउने गरिएको अवस्थामा पनि सरकारले दृढताका साथ लागेर यो महाअभियानलाई पूरा गरेको छ । लोकतन्त्रमा जनतााबाट निर्वाचित जनप्रतिनिधिले सरकार बनाउने उत्कृष्ट व्यवस्थालाई निरन्तरता दिन यो सफलताले मार्ग प्रशस्त गरेको छ । यसका साथसाथै मुलुकमा व्याप्त अन्यौलतालाई चिर्दै अघि बढ्ने अवसर जुराएको छ ।
अब  बन्ने सरकारले जनभावनालाई आत्मसाथ गर्दै काम गर्नु पर्ने आवश्यकता छ ।